मुख्य समाचार
हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगे
हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगे

। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण(क्यान)का तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नलविक्रम थापालाई धरौटीमा छाड्ने आदेश दिएपछि त्यस आदेशविरुद्ध अख्तियारले सोमबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, निर्देशक भण्डारी, उप–प्रबन्धन थापासहित ६ जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेषले मंसिर २१ को थुनछेक आदेशमार्फत भण्डारीलाई पाँच लाख र माघ १२ गतेको थुनछेक आदेशमार्फत दुई लाख ५० हजार धरौटीमा थापालाई छाड्न आदेश दिएको थियो ।

ती दुवै आदेश वेरीतको रहेको र त्रुटिपूर्ण रहेको भन्दै दुवै जनालाई पुर्पक्षका लागि थुनाको माग गर्दै अख्तियार सर्वोच्च अदालत पुगेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ । यो सूचीमा विश्वभरका भ्रमण गर्न र बस्नयोग्य १ सय उत्कृष्ट तथा असाधारण गन्तब्य समेट्ने गरिन्छ । शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यो लजले उत्तरी अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने यात्रुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । यहाँ पाहुनाले आराम, शैली र ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताएकी छन् । उपभोक्ता अदालत स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बजार अनुगमन तथा कारबाहीका विषयमा स्थानीय तहलाई प्रशस्त अधिकार नदिइएको बताएकी हुन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट गर्दा कानुनी रूपमा स्पष्ट गर्नुपर्ने आवश्यक ...
। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोगले बद्नियतपूर्ण ढंगले कांग्रेस कतै जित्छ कि, कतै पहिलो पार्टी हुन्छ कि भनेर चुनावका मुखमा झगडा लगाइदियो,’ विश्वकर्माले भने, ...
। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न ...
। पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग ...