मुख्य समाचार
पूर्वाधार विकास कार्यालय खोटाङले पुल निर्माणको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी
पूर्वाधार विकास कार्यालय खोटाङले पुल निर्माणको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी

। पूर्वाधार विकास कार्यालय खोटाङले पुल निर्माणको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको बैंक ग्यारेन्टी जफत गर्ने चेतावनी दिएको छ ।

कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको सिमानामा पर्ने दिखुवा खोलाको पुल निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीको चेतावनी दिएको हो ।

पुल निर्माणको ठेक्का लिएको अंशुवी/नेपाल फूलबारी/पिंगला ज्वइन्ट भेन्चर सुनसरीलाई पत्राचार गर्दै पूर्वाधार विकास कार्यालयले ७ दिनभित्र ‘बैंक ग्यारेन्टी जफत’ गर्नु नपर्ने कारण खुलाएर स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

हालसम्म मोटरेबल पुलको एकातर्फको फाउण्डेसन खन्ने कार्य समेत सम्पन्न हुन नसकेको र बाँकी समयमा सम्झौता बमोजिम काम सम्पन्न हुने आधार नदेखिएकाले स्पष्टीकरणका लागि पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाईघाट र प्रदेश सडक पुल सहयोग इकाइ इटहरीको साझेदारीमा दिखुवा खोलामा ट्रस ब्रिज निर्माणको काम सुरु गरिएको हो तर पुल निर्माणको प्रगती सन्तोषजनक हुन नसकेको कार्यालयले जनाएको छ । दिक्तेलबाट रेग्मीटार पुग्ने छोटो दुरीको सडक खण्डमा मोटरेबल पुल निर्माणको काम थालिएको हो ।

दिखुवा खोला दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक खण्डमा पर्छ । सो सडक दिक्तेलबाट रेग्मीटार पुग्ने छोटो दुरीको सडक हो । दिक्तेलबाट महुरे–बुइपा हुँदै रेग्मीटार पुग्नुभन्दा दिक्तेलबाट दिखुवा हुँदै रेग्मीटार पुग्नु करिब १७ किलोमिटर छोटो दुरी पर्छ । निर्माण कम्पनीका तर्फबाट बसन्त बुढाथोकीले गत पुस २३ गते पुल निर्माणको सम्झौता गरेका दिए ।

दिखुवामा कुल साढे ५ करोडको खर्चमा पुल निर्माणको काम सम्पन्न हुने कार्यालयले जनाएको छ । पुल निर्माणका लागि करिब दुई करोड बढीको स्टिलका सामान प्रदेश सडक पुल सहयोग इकाइले उपलब्ध गराएको छ । स्टिल ट्रस बाहेकका कामका लागि ३ करोड विनियोजन भएको दाहालले बताए ।

अधिकांश निर्माण सामग्री निर्माणस्थलमा ल्याइसकिएको तर मेसिन अभावमा पुल निर्माणको काम अघि बढ्न नसकेको निर्माण व्यवसायीको जवाफ छ । सो पुल गत जेठ १७ गते तत्कालीन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो । तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुुक्त गरेको १५ शैय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई ...
। जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेल पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेका थिए । त्यस्तै ...
। हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ । ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको ...
। हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले एफएमको रिपिटर टावर भाँचिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । ...