मुख्य समाचार
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी

। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको बताएका हुन्।

यता, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अली लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्। अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्।

उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए।

अलजजिराले विगत केही घण्टायता हामीले तेहरानका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ । यी आक्रमणहरू राजधानीमा मात्र सीमित नभई देशका अन्य सहरहरू अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन्।

अलजजिराले राजधानीभरिका महत्त्वपूर्ण भवनहरू र दुई प्रमुख व्यक्तिहरू आईआरजीसीको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीमाथि आक्रमण भएको सूचना आएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीलाई निशाना बनाएको एक इजरायली सैन्य अधिकारीले बताएका छन्। उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

यसअघि सोमबार अबेर साँझ अली लारीजानीले एउटा पत्र जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए।

लारीजानीले उक्त पत्रमा ‘विश्वका मुस्लिम र इस्लामिक देशका सरकारहरू’ लाई सम्बोधन गर्दै लेखेका थिए, ‘के तपाईंलाई थाहा छ, औँलामा गन्न सकिने केही घटनाहरूलाई छाडेर कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेनन्?’

लारीजानीले ती देशहरूलाई लेखेका थिए, ‘इरान तपाईंहरूको सहयोगी हो र तपाईंहरूमाथि हावी हुने हाम्रो कुनै मनसाय छैन, तर तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?’

को हुन् बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी?

इजरायलले एक आक्रमणमार्फत इरानको अर्धसैनिक ‘बासिज बल’ का प्रमुख घोलमरेजा सोलेमानीलाई मारेको दाबी गरेको छ। इरानले भने यस दाबीमाथि हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

सन् १९६४ मा जन्मिएका सोलेमानी युवावस्थामै इरानको आईआरजीसीमा प्रवेश गरेका थिए। इरान-इराक युद्धका क्रममा बटालियन कमाण्डर र पछि आईआरजीसीका विभिन्न डिभिजनको नेतृत्व गर्दै उनले संगठनमा लगातार पदोन्नति हासिल गरेका थिए।

सन् २०१९ देखि उनले आईआरजीसी अन्तर्गतको अर्धसैनिक स्वयंसेवक समूह ‘बासिज बल’ को नेतृत्व गरिरहेका थिए। करिब ४ लाख ५० हजार जनशक्ति रहेको अनुमान गरिएको यस बलको नेतृत्व सम्हालेका कारण उनी इरानको आन्तरिक सुरक्षा संयन्त्रका प्रमुख व्यक्ति मानिन्थे।

इरानी सरकारका कट्टर डिफेन्डर (समर्थक) मानिने सोलेमानीमाथि अमेरिका, युरोपेली युनियन (ईयू), बेलायत र क्यानडा लगायत थुप्रै पश्चिमी देश र संस्थाहरूले प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...