मुख्य समाचार
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी

। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको बताएका हुन्।

यता, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अली लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्। अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्।

उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए।

अलजजिराले विगत केही घण्टायता हामीले तेहरानका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ । यी आक्रमणहरू राजधानीमा मात्र सीमित नभई देशका अन्य सहरहरू अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन्।

अलजजिराले राजधानीभरिका महत्त्वपूर्ण भवनहरू र दुई प्रमुख व्यक्तिहरू आईआरजीसीको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीमाथि आक्रमण भएको सूचना आएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीलाई निशाना बनाएको एक इजरायली सैन्य अधिकारीले बताएका छन्। उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

यसअघि सोमबार अबेर साँझ अली लारीजानीले एउटा पत्र जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए।

लारीजानीले उक्त पत्रमा ‘विश्वका मुस्लिम र इस्लामिक देशका सरकारहरू’ लाई सम्बोधन गर्दै लेखेका थिए, ‘के तपाईंलाई थाहा छ, औँलामा गन्न सकिने केही घटनाहरूलाई छाडेर कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेनन्?’

लारीजानीले ती देशहरूलाई लेखेका थिए, ‘इरान तपाईंहरूको सहयोगी हो र तपाईंहरूमाथि हावी हुने हाम्रो कुनै मनसाय छैन, तर तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?’

को हुन् बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी?

इजरायलले एक आक्रमणमार्फत इरानको अर्धसैनिक ‘बासिज बल’ का प्रमुख घोलमरेजा सोलेमानीलाई मारेको दाबी गरेको छ। इरानले भने यस दाबीमाथि हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

सन् १९६४ मा जन्मिएका सोलेमानी युवावस्थामै इरानको आईआरजीसीमा प्रवेश गरेका थिए। इरान-इराक युद्धका क्रममा बटालियन कमाण्डर र पछि आईआरजीसीका विभिन्न डिभिजनको नेतृत्व गर्दै उनले संगठनमा लगातार पदोन्नति हासिल गरेका थिए।

सन् २०१९ देखि उनले आईआरजीसी अन्तर्गतको अर्धसैनिक स्वयंसेवक समूह ‘बासिज बल’ को नेतृत्व गरिरहेका थिए। करिब ४ लाख ५० हजार जनशक्ति रहेको अनुमान गरिएको यस बलको नेतृत्व सम्हालेका कारण उनी इरानको आन्तरिक सुरक्षा संयन्त्रका प्रमुख व्यक्ति मानिन्थे।

इरानी सरकारका कट्टर डिफेन्डर (समर्थक) मानिने सोलेमानीमाथि अमेरिका, युरोपेली युनियन (ईयू), बेलायत र क्यानडा लगायत थुप्रै पश्चिमी देश र संस्थाहरूले प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...