मुख्य समाचार
नेकपा एमालेले तानसेन नगर कमिटी विघटन
नेकपा एमालेले तानसेन नगर कमिटी विघटन

। नेकपा एमालेले तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन परिणामको समीक्षा बैठकमा कार्यकर्ताको रोजाइ अनुसारको चुस्तदुरुस्त कमिटी बनाउन अहिलेका कमिटी विघटन गरिएको अध्यक्ष गुरास आत्रेयले जानकारी दिए ।

बैठकले आगामी जेठ ३ गते मदनआश्रित स्मृति दिवसको दिन नगरको अधिवेशन गर्ने र ३ महिनाभित्र सबै वडाको वडा कमिटी अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एमाले तर्फका उम्मेदवार बनेका ठाकुर गैह्रैले मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । आजको बैठकमा वडा कमिटीका अध्यक्षहरूले निर्वाचनबारे वडागत ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा छुट्टै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो । तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुुक्त गरेको १५ शैय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई ...
। जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् । यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेल पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेका थिए । त्यस्तै ...
। हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ । ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको ...