। खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन् ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका हुन् ।
हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायालाई आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो उनीहरूको थियो ।
स्थानीय गिता लामाका अनुसार, गाउँपालिकामा पटक पटक खानेपानीको समस्या समाधान आग्रह गरेपनि सुनुवाइ नभएको हो ।
अर्का स्थानीय उद्गम बुढा पनि खानेपानी समस्या भएपछि अरूको धारामा पानी भर्न जान बाध्य हुनपरेको गुनासो सुनाउँछन् ।