मुख्य समाचार
भेरी कोरिडोरअन्तर्गत डोल्पाको लासीक्याप देखि सिसौलसम्मको सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइने
भेरी कोरिडोरअन्तर्गत डोल्पाको लासीक्याप देखि सिसौलसम्मको सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइने

। भेरी कोरिडोरअन्तर्गत डोल्पाको लासीक्याप देखि सिसौलसम्मको सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । चैत १ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले लासीक्याप–सिसौल सडकखण्डको ३३ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय भएको छ ।

सेनालाई निर्माणको जिम्मा दिने भनिएको सडक खण्डमा अत्यन्तै भिरालो र कडा चट्टानी भूभाग पर्छ । कठिन भूगोल भएकै कारण यसअघि मापदण्डअनुसार ट्रयाक खोल्न निकै कठिन भइरहेको थियो ।

भेरी कोरिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरेर तिब्बतको सीमासम्म पुगाउने लक्ष्य छ । यो सडकलाई नेपाली भूमि हुँदै भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक समेत मानिएको छ ।

चीन, नेपाल र भारतलाई जोड्ने त्रिदेशीय सडक भएकाले यो कोरिडोरलाई रणनीतिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण भनेर व्याख्या गरिएको छ ।

सेनालाई निर्माणको जिम्मा दिने भनिएको सडक खण्डमा अत्यन्तै भिरालो र कडा चट्टानी भूभाग पर्छ ।
२०७५ मङ्सिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलेर भेरी कोरिडोरको औपचारिक उद्घाटन गरिएको थियो । तर उद्घाटन भएको वर्षौँ बितिसक्दा निर्माणले गति लिन सकेको छैन ।

भेरी कोरिडोर आयोजना कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्छ । यसमध्ये छिन्चुदेखि जाजरकोटको सदरमुकाम हुँदै तल्लुबगरसम्म सडक कालोपत्रे भइसकेको छ । सो खण्डमा केही ठाउँमा पक्की पुल निर्माणको चरणमा छ ।

यस्तै कोरिडोरको तल्लुबगरदेखि त्रिपुराकोटसम्म सडक स्तरोन्नतिको काम सुरु गरिएको र पक्की पुलसमेत निर्माणको चरणमा रहेको कोरिडोरले जानकारी दिएको छ ।

कोरिडोरअन्तर्गत पर्ने विभिन्न सडक खण्डमा सडक साँघुरो हुनुका साथै पहिरो तथा ढुंगा-माटो खस्ने समस्या पनि बढ्दै गएको छ ।

भेरी कोरिडोरले पूर्णता पाए डोल्पाका प्रसिद्ध पर्यटकीय स्थलहरू फोक्सुन्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरा सुन्दरी मन्दिर, धो उपत्यकासम्म स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

पर्यटकीय दृष्टिकोणबाट नभई डोल्पामा उत्पादन हुने यार्सागुम्बा, जटामसी, स्याउ र ओखरजस्ता बहुमूल्य वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने डोल्पाका स्थानीयले विश्वास गरेका छन् । साथै धो क्षेत्रमा भविष्यमा हिमाली सहर विकास गर्ने सरकारी योजनालाई समेत यस सडकले सहयोग पुर्‍याउने यहाँका जनताको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा ...
। वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् । प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको ...
। नेपाल आयल निगमले धादिङस्थित श्रीराम ग्यास उद्योग प्रालिलाई हरिसिद्धि गोदाममा रहेका ६ हजार ३ सय ७७ थान ग्यास सिलिन्डर सर्तसहित बजार पठाउन अनुमति दिएको छ । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमले गरेको संयुक्त अनुगमन क्रममा श्रीराम ग्यास उद्योगको ललितपुरस्थित हरिसिद्धि गोदाममा स्टक गरेर राखिएको अवस्थामा ६ हजार ३ सय ७७ थान ...
। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका उनका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस