। राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् ।
केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।