। अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन भएको थियो । सो क्रममा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि गाली गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।