मुख्य समाचार
श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा
श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा

। श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएको हो ।

राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा दिने निर्णयमा पुगेको जानकारी गराएका थिए ।

बीबीसीका अनुसार श्रीलंकाको यो निर्णय एशियाली देशहरूले लिएको खर्च कटौतीका उपायहरूको श्रृंखलाको पछिल्लो कदम हो । युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएको छ ।

अन्य एसियाली देशहरूले के गरिरहेका छन् ?

इन्धन अभावको सामना गर्न एसियाका अन्य देशहरूले पनि विभिन्न किसिमका किफायती उपाय अपनाएका छन् । थाइल्याण्डमा सरकारले एयर कन्डिसनको प्रयोग घटाउनका लागि मानिसहरूलाई कोट–सुटको सट्टा छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरेको छ ।

म्यानमारमा निजी सवारीसाधनहरूलाई जोर–बिजोर नम्बरका आधारमा आलोपालो मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

बंगलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सारेको छ र देशभर ऊर्जा बचत गर्न योजनाबद्ध रूपमा विद्युत कटौती लागू गरेको छ ।

फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न निर्देशन दिएका छन् । त्यहाँका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सार्वजनिक क्षेत्रमा अनावश्यक यात्रा पनि प्रतिबन्ध लगाएका छन् ।

मार्कोसले ट्राइसाइकल चालक, किसान र माछा मार्नेहरूलाई बढ्दो इन्धन मूल्यको असर कम गर्न ३ हजारदेखि ५ हजार पेसोससम्म नगद सहयोग दिने घोषणा पनि गरेका छन् ।

यसैगरी भियतनामले नागरिकहरूलाई इन्धन बचत गर्न घरमै बस्न प्रोत्साहन दिएको छ । साथैसाइकल चलाउन, सार्वजनिक यातायात प्रयोग गर्न र आवश्यक नभएसम्म निजी सवारी प्रयोग नगर्न पनि आग्रह गरेको छ ।

श्रीलंकाले अरु के गरिरहेको छ ?

श्रीलंकामा लागू गरिएको चार दिने कार्यसप्ताह विद्यालय र विश्वविद्यालयमा पनि लागू हुनेछ । तर स्वास्थ्य र आप्रवासन जस्ता अत्यावश्यक सेवा दिने सरकारी संस्थाहरूमा यसको असर नपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

सरकारले अतिरिक्त बिदाका रूपमा शुक्रबारको सट्टा बुधबार रोजेको हो, ताकि सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् ।

अब सवारी चालकहरूले ‘नेशनल फ्युल पास’का लागि दर्ता गर्नुपर्नेछ, जसअनुसार इन्धन खरिदको मात्रा सीमित गरिएको छ ।

यसले केही श्रीलंकाली नागरिकमा असन्तुष्टि पैदा गरेको छ । उनीहरूको भनाइमा निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरको कोटा निकै कम छ ।

यो प्रणाली पहिलो पटक २०२२ मा लागू गरिएको थियो, जब देशले आफ्नो सबैभन्दा ठूलो आर्थिक संकट भोगेको थियो भने विदेशी मुद्रा अभावका कारण आवश्यक वस्तु तथा इन्धन आयात गर्न नसकेको थियो ।

गत महिना अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको छ र अहिले प्रति ब्यारेल करिब १०० डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम