। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन् ।
यादव केहीबेरअघि भक्तपुरस्थित गुण्डुमा रहेको निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
आजै राष्ट्रपति रामचन्द्र पौडेल पनि ओलीलाई समवेदना दिन गुण्डु पुगेका थिए । त्यस्तै केही दिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।