मुख्य समाचार
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरदारले अफगानिस्तानमा पाकिस्तानले आक्रमण गरेको दावी
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरदारले अफगानिस्तानमा पाकिस्तानले आक्रमण गरेको दावी

: पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरदारले अफगानिस्तानमा पाकिस्तानले आक्रमण गरेको दावी गरेका छन्। उनले काबुल र नान्गारहारमा रहेको अफगान तालिबान शासनको 'आतंकवादलाई समर्थन गर्ने सैन्य अड्डाहरू'लाई लक्षित गरी आक्रमण भएको बताए।


बीबीसीका अनुसार,अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले काबुलमा रहेको "लागुऔषध पुनर्स्थापना अस्पतालमा' आक्रमण गरेको बताएको छ। आक्रमणबाट सयौं मानिसहरूको मृत्यु भएको जनाइएको छ।


अफगान तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतले हालसम्म करिब ४०० जनाको मृत्यु भएको छ र करिब २५० जना घाइते भएको जानकारी दिएका छन्। पाकिस्तानका संघीय मन्त्री तरारले आफ्नो सेनाको आक्रमणमा काबुलका दुई स्थानमा रहेको प्राविधिक सहयोग पूर्वाधार र गोलाबारुद डिपो ध्वस्त भएको दावी गरेका छन्।



उनले भने,''नान्गरहारमा रहेको पाकिस्तानी सशस्त्र सेनाले अफगान तालिबान शासनको आतंकवादलाई समर्थन गर्ने चार सैन्य अड्डाहरूमा आक्रमण गर्‍यो। जसबाट गोला बारुद र प्राविधिक पूर्वाधार नष्ट भयो।'

यसअघि सोमबार दुवै पक्षबीच सीमा क्षेत्रमा गोलीबारी हुँदा अफगानिस्तानमा चारजनाको मृत्यु भएको थियो। यो पछिल्ला वर्षहरूमा दुई छिमेकीबीच भएको सबैभन्दा घातक संघर्ष मानिएको छ, जुन तेस्रो सातामा प्रवेश गरेको छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा भएको हमलाको निन्दा गरेका छन्। उनले भने,‘हामी यो अपराधको कडा निन्दा गर्छौं र यस्तो कार्यलाई सबै स्वीकृत सिद्धान्तहरू र मानवता विरुद्धको अपराध मान्दछौं।’

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई आतंककारीहरूसँग लड्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकहरूलाई आतंकवादसँग लड्न तुरुन्तै प्रयासहरू बढाउन आह्वान गरेको केही घण्टापछि यो हमला भएको हो। पाकिस्तानले काबुललाई आतंकवादी समूहहरू,विशेष गरी पाकिस्तानी तालिबानलाई आश्रय दिएको आरोप लगाएको छ,जसलाई यसले पाकिस्तान भित्र आक्रमण गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् उपसंयोजक माधवकुमार नेपाललगायत नेतासँग निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक ...
राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन शाह सहभागी नहुने