: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावपछिको पार्टी अब जनमत र अभिमत सम्हालेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
फागुन २१ को प्रतिनिधिसभाबाट निर्वाचित पार्टीका प्रत्यक्ष र समानुपातिक १८२ सांसदलाई पार्टीले आयोजना गरेको प्रशिक्षक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अहिलेको ऐतिहासिक जनमतलाई न्याय गर्ने गरी अगाडि बढ्नु पर्ने बताए । उनले प्रशिक्षकमा सहभागी पार्टीका नव सांसदहरुलाई रास्वपा अब एकदमै फरक धार र सँस्कारसहित अगाडि बढ्नु पर्ने बताए ।
उपसभापति वाग्लेले रास्वपाका नव निर्वाचित सांसदको दृष्य मनमोहक रहेको बताउँदै अबको पाँच वर्ष अविश्मरणीय बनाउनु पर्ने बताए । जसका लागि जनताको आशा र भरोसालाई कायम राख्नु पर्ने बताए ।
डा. वाग्लेले २०१५ सालमा जस्तै रास्वपाले यस पटक सबैभन्दा बलियो जनमत ल्याएको बताए । उनले २०४८, २०६४ र २०७४ मा बलियो सरकार बने पनि प्रारम्भिक चरणदेखिकै गल्तीका कारण लामो समय टिक्न नसकेको बताए । उनले अहिले रास्वपाले लगभग दुई तिहाइ मत ल्याएको बताउँदै यसको सम्मानसहित अगाडि बढ्नु पर्ने बताए ।