मुख्य समाचार
इरान मुद्दामा ट्रम्प–बेलायतबीच बढ्दो तनावले राजा चार्ल्सको अमेरिका भ्रमणमै असर
इरान मुद्दामा ट्रम्प–बेलायतबीच बढ्दो तनावले राजा चार्ल्सको अमेरिका भ्रमणमै असर

: बेलायती प्रधानमन्त्री केइर स्टार्मर सामान्यतया शान्त, कानुनी पृष्ठभूमिका र संयमित व्यक्तित्वका रूपमा चिनिन्छन् । तर जब उनी गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा बसेका थिए, उनले आफ्नो शैलीभन्दा फरक ढंगले कुरा गरेका थिए ।


‘यो साँच्चै विशेष हो’, स्टर्मरले भने, जब उनले राजा चार्ल्स तृतीयबाट ट्रम्पलाई दोस्रो पटक राजकीय भ्रमणका लागि पठाइएको पत्र देखाए । ‘यो पहिले कहिल्यै भएको थिएन । यो अभूतपूर्व छ... साँच्चै ऐतिहासिक ।’ स्टर्मरको यस्तो व्यवहारले उनको सरकारले ट्रम्पसँग सम्बन्ध कसरी व्यवस्थापन गर्ने योजना बनाएको थियो भन्ने देखाउँछ-उनको प्रशंसा गर्ने स्वभावलाई ध्यानमा राख्दै सम्बन्ध सुधार्ने, जसबाट कम शुल्क (ट्यारिफ) र युक्रेनका लागि अमेरिकी समर्थन कायम राख्ने आशा गरिएको थियो ।


केही समयसम्म यो रणनीति सफल जस्तो देखिएको थियो । तर अहिले यो कमजोर भएको देखिन्छ । इरानसँगको युद्धमा सहयोग नगरेको भन्दै ट्रम्पले आफ्ना सबै सहयोगी देशहरूलाई आलोचना गरेका छन्, तर स्टर्मरलाई विशेष रूपमा निशाना बनाएका छन् । मार्च ३ मा ट्रम्पले भने, ‘यो हामीले विन्स्टन चर्चिलसँग व्यवहार गरिरहेका छैनौं ।’ उनले बेलायत अब ‘सहयोगीहरूको रोल्स–रोयस’ नभएको पनि टिप्पणी गरे ।




यसबीच, धेरै सांसदहरूले सोध्न थालेका छन्–के यस्तो अवस्थामा राजा चार्ल्सको अमेरिका भ्रमण गर्नु उचित हुन्छ ? यद्यपि भ्रमण औपचारिक रूपमा पुष्टि भएको छैन, अप्रिलमा अमेरिका स्वतन्त्रताको २५०औं वार्षिकोत्सवका अवसरमा उनको भ्रमण हुने अपेक्षा गरिएको थियो ।

लेबर पार्टीकी सांसद एमिली थर्नबेरीले भनिन्, ‘हामीले महाराजालाई अपमानित भएको देख्न चाहँदैनौं । यस्तो अवस्थामा भ्रमण अघि बढाउने कि नबढाउनेबारे गम्भीर रूपमा सोच्नु पर्छ ।’ ट्रम्प र स्टर्मरबीचको विवाद तब सुरु भयो जब बेलायतले इरानविरुद्धको युद्धमा आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गर्‍यो, जसलाई स्टर्मरले अवैध मानेका थिए ।

यद्यपि, इरानको प्रतिकारपछि बेलायती सैन्य सम्पत्तिमा आक्रमण हुँदा बेलायतले रक्षात्मक सहयोग भने गरेको थियो । त्यसपछि ट्रम्पले स्टर्मरको सहयोगलाई कहिले मजाक बनाएका छन्, त कहिले अझ धेरै नगरेको भन्दै आलोचना गरेका छन् । मार्च ७ मा ट्रम्पले बेलायतले दुईवटा विमानवाहक जहाज पठाउने सोच बनाएको भन्दै भने, ‘हामीलाई युद्ध जितिसकेपछि आउने सहयोगीहरू चाहिँदैन।’

त्यसपछि, होर्मुज जलडमरूमध्य सुरक्षित बनाउन सहयोग नगरेको भन्दै ट्रम्पले बेलायतको आलोचना गरे । उनले स्टर्मरले निर्णय गर्न टोलीसँग छलफल गर्नुपर्ने बताएपछि ट्रम्पले भने, ‘तपाईं प्रधानमन्त्री हुनुहुन्छ, निर्णय आफैं गर्न सक्नु हुन्छ... यो निराशाजनक छ ।’
पूर्व बेलायती राजदूत पीटर वेस्टमाकटका अनुसार, स्टर्मरको ‘शान्त र तार्किक’ रणनीति सधैं सफल हुँदैन । ‘उनी ट्रम्पलाई निजी रूपमा समझाउने प्रयास गर्छन्, तर ट्रम्पले अर्को दिन के भन्छन् भन्ने अनुमान गर्न गाह्रो हुन्छ’, उनले भने ।

यद्यपि ट्रम्प र स्टर्मरबीच तनाव बढिरहेको छ, ट्रम्पले भने राजा चार्ल्स चाँडै अमेरिका आउने संकेत दिएका छन् । उनले भने, ‘यूकेका राजा-म भन्न सक्छु इङ्ग्ल्यान्डका राजा-चाँडै आउँदैछन् ।’ अब बेलायती सरकारले ठूलो निर्णय लिनुपर्ने अवस्था आएको छ—राजा चाल्र्सको भ्रमण जारी राख्ने कि स्थगित गर्ने । यदि भ्रमण जारी राखियो भने ट्रम्पको अनिश्चित व्यवहारले राजालाई अपमानित गर्ने जोखिम छ । तर भ्रमण रद्द गरियो भने ट्रम्पलाई रिस उठ्ने सम्भावना पनि छ ।

वेस्टमाकटका अनुसार, ‘एक समय यस्तो आउन सक्छ जब भ्रमण गर्ने जोखिमभन्दा नगर्ने जोखिम कम देखिन्छ-विशेष गरी यदि दुवै सरकारले मिलेर स्थगन गर्ने निर्णय गरे भने ।’ डाउनिङ स्ट्रिटले भने हालसम्म भ्रमणको विवरण पुष्टि भएको छैन भन्दै टिप्पणी गर्न अस्वीकार गरेको छ ।


यसबीच, स्टर्मरमाथि सुरुमा आलोचना गर्ने विपक्षी नेताहरूले पनि आफ्नो धारणा परिवर्तन गरेका छन् । नाइजेल फराजले सुरुमा अमेरिकासँग मिलेर अघि बढ्नुपर्ने बताएका थिए, तर अहिले बेलायतले ‘अर्को विदेशी युद्धमा संलग्न हुनु हुँदैन’ भनेका छन् । त्यस्तै, कन्जरभेटिभ नेतृ केमी बेडेनोचले पनि सुरुवातमा समर्थन गरेकी थिइन्, तर पछि आफ्नो धारणा परिवर्तन गर्दै ट्रम्पको आलोचना गरेकी छन् । उनले भनिन्, ‘यो शब्दयुद्ध बालसुलभ छ । यसले मनोरञ्जन त दिन सक्छ, तर यो असुहाउँदो छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...