मुख्य समाचार
मोरङको बूढीगंगा गाउँपालिका–४ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी
मोरङको बूढीगंगा गाउँपालिका–४ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी

: मोरङको बूढीगंगा गाउँपालिका–४ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी भएको छ । आगोले १५ वटाभन्दा बढी घर जलेर ध्वस्त भएको अनुमान गरिएको छ । गोकुवा चोकबाट पूर्वतर्फ रहेको बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार आगो तीव्र गतिमा फैलिँदा बस्तीका सबैजसो घरहरू पूर्णरूपमा जलेर खरानी भएका छन् । १५ भन्दा बढी घर जलेर खरानी भएको प्रारम्भिक अनुमसान गरिए पनि क्षतिको यकिन विवरण आइसकेको छैन । बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका भएकाले आगोले छिट्टै विकराल रूप लिएको स्थानीयको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्की र प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । त्यसैगरी विराटनगर महानगरपालिकाका दमकल,सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रिय प्रयासका बाबजुद करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन् । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि बस्तीका पीडित परिवारहरू बिचल्लीमा परेका छन् । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । घरसँगै लत्ताकपडा, अन्नपात र दैनिक प्रयोगका सामग्री जलेपछि पीडितहरू अत्यन्तै कठिन अवस्थामा पुगेका हुन् ।

आगलागीपछिको दृश्य अत्यन्तै दर्दनाक बनेको छ । बस्तीभरि रुवाबासी चलेको छ भने बालबालिका, वृद्धवृद्धा र महिलाहरू अत्यन्तै त्रासमा रहेका छन् । सरोकारवालाले तत्काल राहत तथा पुनःस्थापनाको माग गर्न थालेका छन् ।

यस घटनाले अति विपन्न समुदायका असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई उजागर गरेको छ । समयमै प्रभावकारी राहत,अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था नगरे पीडित परिवारहरूको अवस्था झन् जटिल बन्ने सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् उपसंयोजक माधवकुमार नेपाललगायत नेतासँग निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक ...
राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन शाह सहभागी नहुने