मुख्य समाचार
बग्दादमा इरानी हमलामा कम्तीमा चारको मृत्यु
बग्दादमा इरानी हमलामा कम्तीमा चारको मृत्यु

: इराकको राजधानी बग्दादधेरै विष्फोट भएका छन् । जसमा कम्तीमा चार जनाको मृत्यु भएको छ । एक इरान समर्थित समूहले प्रयोग गर्ने भवनमा गरिएको हवाई आक्रमणमा यी मानिसहरूको ज्यान गएको हो । साथै, साक्षी र सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी राजदूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको छ ।


मंगलबार बिहानै ग्रिनजोनमा रहेको अमेरिकी दूतावास नजिक विष्फोटको आवाज आएपछि, बग्दादको जद्रियाह क्षेत्रमा यो घातक आक्रमण भएको हो । अल जजिराद्वारा प्रमाणित भिडियो र फोटोहरूमा अमेरिकी दूतावास वरिपरि आगो र धुवाँ उठिरहेको देखिन्छ । साथै, आकाशमा उडिरहेका केही ड्रोनहरूलाई वायु रक्षा प्रणालीले नष्ट गरिरहेको दृश्य पनि देखिएको छ ।


रोयटर्सका अनुसार, दूतावासको C–RAM वायु रक्षा प्रणालीले कम्तीमा दुई वटा ड्रोन खसालेको थियो, जबकि तेस्रो ड्रोन दूतावास परिसरभित्र खसेको थियो। एक साक्षीका अनुसार देखिएको आगो र धुवाँ त्यहीँबाट उठिरहेको थियो । अमेरिकी दूतावासले यसबारे तुरुन्त कुनै प्रतिक्रिया दिएको छैन ।



यी घटनाहरू संयुक्त राज्इ अमेरिकाका सेना र तेहरानसँग सम्बन्धित इराकी सशस्त्र समूहहरूबीच भइरहेको झडपका बीचमा भएका हुन्, जुन इरान र इजरायलबीचको युद्धसँग सम्बन्धित छ । रिपोर्टअनुसार, जद्रियाहमा भएको आक्रमण जन मोबिलाइजेशन फोर्सको मुख्यालयका रूपमा प्रयोग गरिने घरलाई लक्षित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...