मुख्य समाचार
बग्दादमा इरानी हमलामा कम्तीमा चारको मृत्यु
बग्दादमा इरानी हमलामा कम्तीमा चारको मृत्यु

: इराकको राजधानी बग्दादधेरै विष्फोट भएका छन् । जसमा कम्तीमा चार जनाको मृत्यु भएको छ । एक इरान समर्थित समूहले प्रयोग गर्ने भवनमा गरिएको हवाई आक्रमणमा यी मानिसहरूको ज्यान गएको हो । साथै, साक्षी र सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी राजदूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको छ ।


मंगलबार बिहानै ग्रिनजोनमा रहेको अमेरिकी दूतावास नजिक विष्फोटको आवाज आएपछि, बग्दादको जद्रियाह क्षेत्रमा यो घातक आक्रमण भएको हो । अल जजिराद्वारा प्रमाणित भिडियो र फोटोहरूमा अमेरिकी दूतावास वरिपरि आगो र धुवाँ उठिरहेको देखिन्छ । साथै, आकाशमा उडिरहेका केही ड्रोनहरूलाई वायु रक्षा प्रणालीले नष्ट गरिरहेको दृश्य पनि देखिएको छ ।


रोयटर्सका अनुसार, दूतावासको C–RAM वायु रक्षा प्रणालीले कम्तीमा दुई वटा ड्रोन खसालेको थियो, जबकि तेस्रो ड्रोन दूतावास परिसरभित्र खसेको थियो। एक साक्षीका अनुसार देखिएको आगो र धुवाँ त्यहीँबाट उठिरहेको थियो । अमेरिकी दूतावासले यसबारे तुरुन्त कुनै प्रतिक्रिया दिएको छैन ।



यी घटनाहरू संयुक्त राज्इ अमेरिकाका सेना र तेहरानसँग सम्बन्धित इराकी सशस्त्र समूहहरूबीच भइरहेको झडपका बीचमा भएका हुन्, जुन इरान र इजरायलबीचको युद्धसँग सम्बन्धित छ । रिपोर्टअनुसार, जद्रियाहमा भएको आक्रमण जन मोबिलाइजेशन फोर्सको मुख्यालयका रूपमा प्रयोग गरिने घरलाई लक्षित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम