मुख्य समाचार
एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा घाइते भएका यात्रु र पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ
एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा घाइते भएका यात्रु र पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ

: खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसीमा भएको एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा घाइते भएका यात्रु र पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते राईको काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ। पाइलट सबिन थापाको अवस्था सामान्य छ।


दुर्घटनामा घाइते भएका काजिबहादुर राई र पाइलट थापालाई डाइनेष्टि एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो। अन्य यात्रुहरू सम्झना राई, समला राई,बालकुमार राई र डाकमणी राईको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।


डीएसपी बुढाथोकीका अनुसार डाकमणी राईको परिवार पारिवारिक कामका लागि हेलिकोप्टर चार्टड गरी बुधबार गृह जिल्ला खोटाङ गएका थिए। सोही क्रममा हेलिकोप्टर अवतरण गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको हो।

दुर्घटनामा परेको हेलिकोप्टर क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तीन महिनाअघि नेपाललाई ट्रान्जिट बनाएर युरोप जान खोज्ने इरानी नागरिकहरू पक्राउ परे। फरक फरक मितिमा नेपाल आएका उनीहरूले नक्कली राहदानी र नक्कली भिसा प्रयोग गरेका थिए। स्रोतका अनुसार उनीहरूले युरोपेली देश छिर्न नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेका थिए। घटना १ : २०८२ मंसिर १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको उडानबाट भारत हुँदै नेदरल्यान्ड्स ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।null मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना ...
: उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कटलाइनमा परेर पनि कलरभिजनकै कारण ५४ जना अनुत्तीर्ण भएका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार कलरभिजनकै कारण अनुत्तीर्ण भएका परीक्षार्थीको सूची सार्वजनिक गरेको हो। गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ५१ जना उत्तीर्ण भएका थिए। परीक्षामा आवेदन ...
: प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन्। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् उपसंयोजक माधवकुमार नेपाललगायत नेतासँग निर्वाचन र समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीले छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक ...
राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन शाह सहभागी नहुने