: हँसियाले हानेर वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू पक्राउ परेका छन्।
वादविवादका क्रममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।