मुख्य समाचार
अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त
अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त

: अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त गरेका छन्। बुधबार काठमाडौंमा नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मध्यपूर्व र खाडी मुलुकहरूमा आएको संकटको कारणले नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयात गर्ने वस्तुहरूको मूल्य बढ्ने जाने देखिएकाले शक्तिशाली बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न उचित कदम चाल्ने विश्वास व्यक्त गरेका हुन्।


बाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्न कतिपय विषयमा द्रुत गतिले निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए।


अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएपनि निष्क्रिय पूँजीलाई उत्पादनशील काममा लगानी गर्न नसकेको धारणा राखे । उनले मुलुकमा रोजगारी सिर्जना, निष्क्रिय पूँजीको उत्पादनशील काममा लगानी र लगानीकर्ताको हातमा पूँजी जाने बाटो सहज नभएसम्म सूचक राम्रो भएर मात्रै खुसी हुनुपर्ने अवस्था नहुने उल्लेख गरे।



कार्यक्रममा कोषका कर्मचारीलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । अर्थमन्त्री खनालले कोषद्वारा प्रकाशित स्मारिका बिमोचन समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिहार तथा धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियन आजबाट बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते सर्वसाधारणका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले कात्तिक १८ गते सूचना जारी गर्दै दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ...
: आउँदै गरेको दीपावली पर्वका लागि काठमाडौं महानगरपालिकाले महानगरको विभिन्न क्षेत्रमा फूल तथा माला बिक्रीका लागि स्थान तोकिएको छ। महानगरले प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरणमा रोक गर्नुका साथै स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि उल्लंघन गरेको पाइएकोमा सामान जफत गर्ने सूचनाले जानकारी गरेको छ। ...
: तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ। अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली ...
। यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा ...
। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य ‘भ्याट बिल’ जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेता मार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन भनेको हो ...