मुख्य समाचार
इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु
इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु

: ​​​​​​ इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु गरेको छ।


इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उच्च अधिकारीहरूले यो आक्रमण लारीजानीको हत्याको प्रत्यक्ष प्रतिउत्तर भएको पुष्टि गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सका कमाण्डर सरदार मौसावीले एक 'द्रुत आक्रमण'को उद्घोष गर्दै शत्रु पक्षलाई कडा चेतावनी दिएका छन्।


उनले भने, 'आज राति शत्रुको आकाश तपाईँका लागि थप दर्शनीय हुनेछ।' मौसावीको यो बयान लगत्तै इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायली ठेगानाहरूलाई लक्षित गरी शक्तिशाली आक्रमण सुरु गरेको जानकारी दिएको छ।



इरानी सेनाका कमाण्डर-इन-चिफ मेजर जनरल अमिर हातमीले इरानको यो कदम 'निर्णायक र खेदजनकु हुने बताएका छन्। तास्निम न्युज एजेन्सीका अनुसार उनले शहीदहरूको रगतको बदला लिइने दृढता व्यक्त गरे।

यसैबीच, खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अलि अब्दुल्लाहीले सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै चेतावनी दिएका छन्। उनले भने 'ट्रम्पले हाम्रा सरप्राइजहरूको प्रतीक्षा गरुन्। हाम्रो प्रतिक्रिया शत्रुको कल्पनाभन्दा बढी विनाशकारी हुनेछ र यो अभियान शत्रुको आत्मसमर्पण नभएसम्म जारी रहनेछ।'

इरानका वरिष्ठ सल्लाहकार अलि अकबर वेलायतीले अमेरिका र इजरायललाई 'विश्वव्यापी अहंकारुको संज्ञा दिँदै इरानले उनीहरूको दुष्ट अनुहारमा कडा प्रहार गर्ने बताएका छन्।' लारीजानीको हत्याले मध्यपूर्वमा तनाव उत्कर्षमा पुर्‍याएको छ भने इरानको यो पछिल्लो सैन्य कदमले क्षेत्रमा ठूलो युद्धको आशंका बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...