मुख्य समाचार
पोखराको आकाशमा २१औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि तीन दिनसम्म हुने
पोखराको आकाशमा २१औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि तीन दिनसम्म हुने

: पर्यटकीय राजधानी पोखराको आकाशमा २१औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि तीन दिनसम्म हुने भएको छ। पाँच वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सञ्चालन हुन लागेको आयोजक नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ।


प्रतिस्पर्धामा हालसम्म ९ देशका ८० जनाले जना प्यारापाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गरिसकेको प्रतियोगिताका संयोजक सुनील भट्टराईले जानकारी दिए। प्रतियोगितामा नेपाल, भारत, तीन, इटली, उज्वेकिस्तान, साउदी अरेबियालगायतका देशका एक सय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने बताइएको छ।


प्रतियोगिता एक्युरेसी विधामा व्यक्तिगत र टिमबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष अनिल केसीले बताए। प्रतियोगिता पोखराको सराङकोटबाट सुरु भई फेवाताल किनारको खपौदीमा अवतरण हुने गरी सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको पनि अध्यक्ष केसीले जानकारी दिए।



सरकारी अधिकारीसँगको समन्वय अनुसार टेकअफ र अवतरणको स्थान परिवर्तन भए वैकल्पिक रूपमा तोरीपानीबाट उडान भरेर हर्पन वा भकुण्डेमा अवतरण गरिने आयोजकले बताएका छन्। प्रतियोगिताका व्यक्तिगत तर्फ र टिमतर्फका विजेताले समान १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

सन् २००१ देखि पोखराका व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको हो। सुरुका वर्षहरूमा विदेशी पाइलटले धानेको पोखराको प्याराग्लाइडिङ व्यवसाय अहिले नेपाली प्यारापाइलटबाटै चलेको छ। पोखरामा ४१६ जनाले प्यारापाइलटको लाइसेन्स लिएका छन्। ति मध्ये २५० जना प्यारापाइलटले यसै क्षेत्रमा काम गरिरहेका छन्। प्रतिस्पर्धामा स्वदेशी र विदेशी गरी १० जना महिला प्रतिस्पर्धी सहभागी हुने बताइएको छ। ८ हजार मिटरभन्दा उच्च तीन हिमाल अन्नपूर्ण, धौलागिरि, मनास्लुको प्याराग्लाइडिङमा उडेर अवलोकन गर्दै फेवातालको किनारमा अवतरण गर्न विश्वका प्याराग्लाइडिङ पाइलोट पोखरा आउँछन्।

यसै कारणले पनि पोखरा प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन्। विदेशी प्यारापाइलटहरू पोखरामा लामो समय बसेर एक्लै पोखराका आकाशमा उडान भर्ने गर्दथे। लामो समय प्याराग्लाइडिङको एकल उडानमा रोक लगाइदा विदेशी पर्यटकको आगमनमा कर्मी आएको थियो।

पछिल्लो समयमा एकल उडान खुला गरिए पनि पहिलेको तुलनामा विदेशी प्यारापाइलट अझै आइनसकेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम