मुख्य समाचार
ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताए
ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् ।

‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी त्यसको प्रयोग गर्ने देशहरूलाई दिइयो भने के हुन्छ ? भन्ने म सोचिरहेको छु,’ ट्रम्पले भनेका छन्, ‘हामी त्यसको प्रयोग गर्दैनौँ, अरूले गर्छन् ।’




यसले अमेरिकाका केही ‘सुस्त सहयोगी’ हरूलाई छिट्टै सक्रिय हुन बाध्य पार्ने ट्रम्पले टिप्पणी गरेका छन् ।

ट्रम्पले अघिल्लो ट्रूथ पोस्टमा इरान ‘विश्वको नम्बर एक आतंक समर्थक देश’ भनेर टिप्पणी गरेका थिए । जसमा अमेरिकाले आतंकवाद समर्थन गर्ने ती सबै गतिविधि छिट्टै बन्द गर्ने दाबी गरेका थिए ।




इरानमाथि अमेरिका र इजरायलले सैन्य हमला गरेपछि इरानले होर्मुज नाकामा नाकाबन्दी गरेको छ । जसले विश्वभरको ऊर्जा आपूर्तिमा संकट सिर्जना भएको छ ।

यसअघि होर्मुजमा इरानको नाकाबन्दी खुलाउन ट्रम्पले आफ्ना नेटो सहयोगी राष्ट्र र चीनको सहयोग मागेका थिए । तर, कोही पनि अगाडि आएनन् । त्यसपछि ट्रम्पको नयाँ धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम