— देउखुरीमा राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ बाँकीका ३६ वर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको रा १ त ३४२९ नम्बरको ट्याक्टरको ट्रलीपछाडि सोही दिशातर्फ गइरहेको रा ६ प १७६९ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका–५ बाँकीमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते रिजालको लमही अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।