मुख्य समाचार
जेनजी आन्दोलनमा अदालत बचाउने प्रहरी हवल्दारलाई प्रधानन्यायाधीशद्वारा सम्मान
जेनजी आन्दोलनमा अदालत बचाउने प्रहरी हवल्दारलाई प्रधानन्यायाधीशद्वारा सम्मान

— भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत घोराहीलाई आगलागी र तोडफोडबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी हवल्दार संगीता अधिकारीलाई सर्वोच्च अदालतले सम्मान गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मंगलबार जिल्ला अदालत घोराहीमा आयोजित कार्यक्रममा अधिकारीलाई २५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत एवं सम्मानित गरेका हुन् । पुरस्कृत गर्दै राउतले एक जना प्रहरीको प्रयासले मात्रै पनि अदालत बचाउन सम्भव भएकामा आफूलाई गर्वको महसुस भएको बताए ।

अधिकारीले आफ्नो जागिर र जिम्मेवारीभन्दा माथि उठेर अदालत बचाउन लागिपरेको कुराले आफ्नो मन छोएको राउतले बताए । ‘उहाँको अदालत बचाउने निरन्तरको प्रयास देखेर म प्रभावित भएँ । मेरो मन छोयो,’ उनले भने,‘यो सामान्य ड्युटीभन्दा फरक काम थियो । न्यायालयप्रतिको माया थियो । त्यसकारण म आफैं पुगेर सम्मानित गर्ने इच्छा राखेको हुँ ।’

यस्ता जटिल परिस्थितिमा अधिकारी जस्तै जिम्मेवारीबोध गरेर सबै प्रहरी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवक कर्मचारीले काम गर्नुपर्ने धारणा उनले व्यक्त गरे । ‘अधिकारीबाट सबैले सिक्नुपर्छ । देश अप्ठेरोमा परेका बेला कर्तव्य कसरी निर्वाह गर्ने भन्ने सन्देश सबैले लिनुपर्छ,’ उनले भने,‘देशका महत्त्वपूर्ण संरचना बचाउने दायित्व सबैको हो । अधिकारीलाई सम्मान गर्न पाउँदा म हर्षित छु ।’

अधिकारीले जिल्ला अदालत जलाउन र तोडफोड गर्न थालेका आन्दोलनकारीलाई सम्झाइबुझाइ र अनुनयविनय गर्दै पछि हट्न बाध्य पारेकी थिइन् । घोराही उपमहानगरपालिका–९ चैनपुर निवासी अधिकारी अदालत बचाउने समयमा प्रहरी सहायक हवल्दार थिइन् । उनको भूमिकाको कदर गर्दै आन्दोलनपछि प्रहरी हवल्दारमा बढुवा गरिएको थियो ।

अधिकारीको निरन्तरको आग्रहपछि आन्दोलनकारी फर्केका थिए । जसका कारण अदालतमा केही क्षति भए पनि धेरै क्षति हुनबाट बचेको जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले बताए । कार्यक्रममा आन्दोलनका क्रममा अदालतको सुरक्षामा खटेका अन्य प्रहरीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम