मुख्य समाचार
सहिद स्मारक महिला लिग: संकटा र आर्मीको अपेक्षित जित
सहिद स्मारक महिला लिग: संकटा र आर्मीको अपेक्षित जित

— पहिलो पटक सहिद स्मारक महिला लिग फुटबल बुधबार सुरु हुँदा संकटा र त्रिभुवन आर्मी क्लबले अपेक्षित नतिजा निकालेका छन् ।

च्यासल रंगशालामा भएको दिनको पहिलो खेलमा संकटाले एनआरटीलाई ४–० ले हरायो । टोलीले पहिलो खेलबाटै विभागीय टिमलाई उपाधिमा चुनौती दिने संकेत गरेको छ । खेलमा टोलीका विदेशी खेलाडी चम्किए । चारमध्ये तीन गोल उनै विदेशी खेलाडीकै नाममा रह्यो ।

संकटाले पाँचौं मिनेटमै म्यानमारकी विन येङ्गी टुनको गोलबाट अग्रता लिएको थियो । उनी नै नेपालको घरेलु महिला फुटबलमा खेल्ने सबैभन्दा ठूलो विदेशी नाम रहेको छ । त्यसपछि लुसिया लेइलाले २६ औं मिनेटमा दोस्रो गोल थपिन् । लगत्तै २८ औं मिनेटमा सुक्रिया मियाले तेस्रो गोल गरिन् । दोस्रो हाफको ५३ औं मिनेटमा सम्भवतः चौथो गोल क्विनवेल एकोसुआको नाममा रह्यो ।


दोस्रो खेलमा आर्मीले झापा एफसीलाई ५–० ले पराजित गरेको थियो । यसमा पाँचै गोल दोस्रो हाफमा भएको थियो । त्यसमध्ये पनि अन्तिम गोल खेलको अन्त्यतिर भएको हो । पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेपछि झापाले केही आस देखाएको थियो । एक प्रकारले आर्मी दबाबमा आएको थियो, गोल निकाल्न नसकेर ।

तर ५७ औं मिनेटमा दीपा शाहीले पहिलो गोल गरेपछि आर्मी रोकिएन । हिमा चौधरीले ६८ औं मिनेटमा दोस्रो गोल गरिन् । त्यसपछि अञ्जना थुलुङ राईले ८६ औं र इन्ज्युरी समयको पहिलो मिनेटमा गरी दुई गोल गरिन् । तुलसा बोहराले इन्ज्युरी समयको छैटौं मिनेटमा गोल थपिन् । यससँगै आर्मी ३ अंकमा गोल अन्तरले शीर्षस्थानमा रह्यो भने संकटा दोस्रो स्थानमा ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम