महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटमा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी गैंडाकोट नगरपालिका-१३ का ५८ वर्षीय कृष्ण कँडेलको मृत्यु भएको हो ।
बुधबार दिउँसो दिल्लीबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७४६३ नम्बरको बसले बाग्मती प्रदेश ०३–०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कँडेल गम्भीर घाइते भएका थिए ।
कँडेलको टाउकोमा चोट लागेपछि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।