मुख्य समाचार
लारिजानीको हत्याले इरानी राजनीतिक प्रणालीलाई अस्थिर बनाउँदैन : इरानी विदेशमन्त्री
लारिजानीको हत्याले इरानी राजनीतिक प्रणालीलाई अस्थिर बनाउँदैन : इरानी विदेशमन्त्री

— इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव अली लारिजानीको हत्याले त्यहाँको राजनीतिक प्रणालीलाई अस्थिर बनाउन नसक्ने बताएका छन्।

लारिजानीको हत्या पुष्टि भएपछि अल जजिरासँगको अन्तर्वार्तामा उनले इरानको सरकार कुनै एक व्यक्तिमा निर्भर नरहेको कुरा अमेरिका र इजरायलले अझै पनि नबुझेको बताए।

‘मुस्लिम गणतन्त्र इरानसँग स्थापित राजनीतिक, आर्थिक र सामाजिक संस्थासहितको बलियो राजनीतिक संरचना छ भन्ने कुरा अमेरिका र इजरायलले अझै किन नबुझेका हुन् भन्ने कुरा मैले थाहा पाउन सकेको छैन,’ अराघचीले भने, ‘कुनै एक व्यक्तिको उपस्थिति वा अनुपस्थितिले यो संरचनामा कुनै असर पार्दैन।’

‘पक्कै पनि व्यक्तिहरू प्रभावशाली हुन्छन् र प्रत्येकले आफ्नो भूमिका खेल्छन्-केही राम्रो, केही नराम्रो, केही कम नराम्रो। तर इरानको राजनीतिक प्रणाली नै महत्वपूर्ण हो, जसको निकै मजबुत संरचना छ,’ उनले भने।

अमेरिका–इजरायलको संयुक्त आक्रमणको पहिलो दिनमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको हत्या गरिएको उल्लेख गर्दै विदेशमन्त्री अराघचीले विशाल राष्ट्रिय क्षतिका बाबजुद पनि ‘प्रणाली निरन्तर’ रहेको बताए।

‘सर्वोच्च नेता भन्दा हाम्रो लागि महत्वपूर्ण अरु केही छैन,’ उनले भने, ‘सर्वोच्च नेता सहिद भएपछि पनि प्रणालीले आफ्नो काम निरन्तर रूपमा गर्‍यो र तत्काल विकल्प प्रस्तुत गर्‍यो।’

‘यदि अन्य कोही सहिद भए पनि अवस्था यस्तै रहनेछ। यदि विदेशमन्त्री सहिद भएको भए पनि जिम्मेवारी लिने कोही न कोही हुन्थ्यो,’ अराघचीले थपे।

सोमबार राति भएको आक्रमणमा मारिएका ६७ वर्षीय लारिजानी सर्वोच्च नेता अली खामेनेई र उनका उत्तराधिकारी छोरा मोज्तबा खामेनेईका नजिकका व्यक्ति थिए।

लारिजानीको हत्यासँगै इरानको उच्च नेतृत्वको एउटा पूरा तह नै सकिएकाे ठानिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम