मुख्य समाचार
नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास रास्वपालाई गरेका छन्
नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास रास्वपालाई गरेका छन्

— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले ऐतिहासिक रूपमा आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् ।

रास्वपाका सांसदलाई दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार समापन सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । 'नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक हामीलाई गरेका छन्,' उनले भने ।त्यो जिम्मेवारीलाई सांसदहरूले महसुस गर्नुपर्ने सभापति लामिछानेले बताए । मुलुक र जनताले परिवर्तन खोजेको र त्यसलाई कसैले पनि रोक्न नसकेको लामिछानेको भनाइ थियो ।

'पार्टी स्थापनाको सुरुवातमा हामीलाई सुन्न आउने मान्छेको संख्या यति पनि हुँदैनथ्यो तर आज त्यति जना हाम्रा सांसद छन्,' लामिछानेले भने, 'मुलुकले परिवर्तन खोजेको छ । मुलुक र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले रोक्न सक्दैन ।'

मुलुकलाई सही नेतृत्व र दिशा आवश्यक परेको लामिछानेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम