मुख्य समाचार
लालीगुराँसको सुरक्षा गर्न रेसुंगाको आग्रह
लालीगुराँसको सुरक्षा गर्न रेसुंगाको आग्रह

— ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा लालीगुराँस फुलेर राताम्ये भएका छन् । विगतका वर्षमा जस्तै यस वर्ष पनि लालीगुराँसको रौनक छाएपछि रेसुंगा घुम्नेहरू बढिरहेका छन् ।

तर, पछिल्लो समय लालीगुराँसको जंगलमा रमाउँदै फूल टिप्ने र विरुवामा समेत क्षति पुर्‍याउने गुनासो बढेपछि रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ ।

'रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय महिमा रहेको तपोभूभि, देवभूमि, पुण्यभूमि, अमृतभूमिमा विभिन्न ठाउँबाट धार्मिक तथा पर्यटकीय भ्रमण गर्नुहुने महानुभावहरुले रेसुङ्गा क्षेत्रको रमणीय प्राकृतिक सुन्दरतामा खलल पुग्ने गरी लालीगुराँस लगायत अन्य विभिन्न प्रजातिका वोटविरुवाका हाँगा भाँची नोक्सान पुर्‍याएको गुनासो आएको छ,' नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले सूचना जारी गर्दै भनेका छन्, 'यसले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास आएको छ । तसर्थ, रेसुङ्गाको महिमा र प्राकृतिक सौन्दर्यमा ह्रास तथा गिरावट आउने गरी कोही कसैबाट अपवित्र कार्य नगर्नु हुन नगरपालिका हार्दिक अनुरोध गर्दछ । यस सम्बन्धमा सबै सरोकारवालाहरूबाट सहयोगको अपेक्षा पनि गरिएको छ ।'

केही दिनअगाडि रेसुंगा क्षेत्रमा जाने पर्यटकले गुराँस टिप्ने, हाँगा भाँच्ने र बोटमै समेत क्षति पुर्‍याएपछि रेसुंगा नगरपालिकाले यसरी ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं बुढानिलकण्ठका हरिप्रसाद गौतम गत माघमा बाथरुममा लडेर खुट्टामा चोट लागेपछि उनका छोरा बसन्त गौतमले उपचारका लागि ओम अस्पताल चाबहिल लगेका थिए । अस्पतालको इमर्जेन्सी कक्षका चिकित्सकले सामान्य परीक्षणपछि दुखाइ कम गर्ने औषधि दिएर उनलाई डिस्चार्ज गर्छन् । तर, घर गएको ४ दिनसम्म पनि हरिप्रसादको दुखाइ कम भएन । उनी फेरि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा भर्ना ...
— बुधबार दिउँसो भएको सवारी दुर्घटनामा उदयपुरमा एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल ...
सुर्खेतको वीरेन्द्रनगरमा एक किशोरी इनिसा विकमाथि भएको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै धनकुटास्थित विभिन्न अधिकारवादी संघ-संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
— पछिल्लो समय राउटे समुदायमा एकल महिलाको संख्या बढिरहेको पाइएको छ । २०७५ सालयताको तथ्यांक हेर्ने हो भने राउटे समुदायमा १७ जना महिला एकल बनेका छन् । खास गरी सानो उमेरमै उनीहरू एकल बनेको देखिन्छन् । राउटे बस्तीमा एकपटक विवाह भएपछि अर्कोपटक विवाह गर्ने चलन छैन । त्यसैले कम उमेरमा एकल बनेका राउटे महिला एकल ...
— जेनजी आन्दोलन र प्रदर्शनपछि कपिलवस्तु कारागारमा आगजनी गरी फरार भएका मायादेवी गाउँपालिका–६ का १९ वर्षे सद्दाम हुसेन फकिर मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका छन् । समूह बनाएर मोटरसाइकल चोरी गर्दै आएका उनी भदौ २५ गते बिहान कारागारबाट भागेका थिए । उनी कारागारबाट भागेपछि आफ्ना दशी प्रमाण नष्ट गर्ने भन्दै अदालतमा गएर आगजनी गर्ने नाइकेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम