मुख्य समाचार
कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम
कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम

— कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो ।

इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका छन् । यहाँ आक्रमण भएलगत्तै इन्धन बजार अस्थित बनेको छ ।

बुधबार अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल ब्रेन्ट क्रुडको भाउ बढेर १ सय ११ अमेरिकी डलर प्रति ब्यारेल पुगेको थियो ।

'भारतले आफ्नो आवश्यकताको ५० प्रतिशत ग्यास अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ । यसमध्ये झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ,’ उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने,‘भारतले आफ्नो ग्यास खपत घटाउनुपर्छ । विशेषगरी औद्योगिक क्षेत्र र त्यसमा पनि उर्जा क्षेत्रको उत्पादन क्षमता घट्नेछ ।'

भारतमा उर्जा क्षेत्र, रासयनिक मल उत्पादन, औद्योगिक उत्पादन र

रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो ।राजधानी दोहाबाट झन्डै ८० किलोमिटर पर रास लाफान औद्योगिक केन्द्र छ । यहाँबाट निस्किएका जहाजहरु हर्मुजको जलघाँटी हुँदै विश्वबजारमा पुग्छन् ।

यस औद्योगिक क्षेत्रलाई सरकारी स्वामित्वको कतार इनर्जीले सञ्चालन गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार यो विश्वकै सबैभन्दा महत्वपूर्ण लिक्विफाइड प्राकृतिक ग्याँस (एलएनजी) केन्द्र हो ।

यहाँ प्रशोधन, ढुवानी र भण्डारका लागि पूर्वाधार बनाइएका छन् । अमेरिकापछि कतार एलएनजी ग्याँसको दोस्रो ठूलो निर्यातकर्ता हो ।

विश्वको कुल खपतको झन्डै २० प्रतिशत एलएनजी ग्याँस कतारमा उत्पादन हुन्छ । औद्योगिक उपभोग, बिजुली, घरेलु ग्याँस र ट्रक–जहाजजस्ता सवारी साधनमा एलएनजी प्रयोग हुने गर्छ ।

कतारमा लगभग सबै एलएनजी ग्यास पहिले रास लाफानमा ल्याएर प्रशोधन गरिन्छ । त्यसपछि जहाजमार्फत विश्व बजारमा वितरण हुन्छ ।

युद्ध सुरु भएयता मार्चको सुरुवातदेखि नै यहाँ एलएनजी र अन्य उत्पादन अस्थायी रुपमा रोकिएको थियो । हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेकाले कतारबाट तेल तथा ग्यास बाहिरिन समस्या छ । त्यहीकारण, यहाँ उत्पादन कटौती गर्नुपरेको थियो ।

जापान, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, भारतलगायत देशमा यहाँबाट एलएनजी ग्यास जाने गरेको छ । यसबाहेक युरोप तथा अफ्रिकासम्म पनि यहाँबाट ग्यास पुग्छ ।

हर्मुजमा अवरोध भएदेखि नै पाकिस्तान, बंगलादेश, भारत, श्रीलंकालगायत देशमा एलएनजी ग्यासको अभाव चरम छ । यस आक्रमणले इन्धन संकट तथा मूल्यवृद्धिको जोखिम बढाएको छ ।

रास लाफान औद्योगिक क्षेत्रमा युनिया तथा एमोनिया रसायनिक मल पनि उत्पादन हुन्छ । माइक्रोचिप्स बनाउनका लागि आवश्यक पर्ने सल्फर र हिलियमजस्ता ग्यास पनि यहाँ उत्पादन हुन्छ ।

यहाँबाट विश्वको हिलियम उत्पादनको २५ प्रतिशत आपुर्ति हुने गरेको कतार इनर्जीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम