मुख्य समाचार
कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम
कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम

— कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो ।

इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो असर गर्ने र विश्वव्यापी रुपमा इन्धनको भाउ बढाउनसक्ने विश्लेषकहरुले बताएका छन् । यहाँ आक्रमण भएलगत्तै इन्धन बजार अस्थित बनेको छ ।

बुधबार अन्तर्राष्ट्रिय मापदण्डको कच्चा तेल ब्रेन्ट क्रुडको भाउ बढेर १ सय ११ अमेरिकी डलर प्रति ब्यारेल पुगेको थियो ।

'भारतले आफ्नो आवश्यकताको ५० प्रतिशत ग्यास अन्तर्राष्ट्रिय बजारबाट आयात गर्छ । यसमध्ये झन्डै ४० प्रतिशत एलएनजी कतारबाट आउँछ,’ उर्जा अर्थशास्त्री किरिट पारिखले एनडिटिभीसँग भने,‘भारतले आफ्नो ग्यास खपत घटाउनुपर्छ । विशेषगरी औद्योगिक क्षेत्र र त्यसमा पनि उर्जा क्षेत्रको उत्पादन क्षमता घट्नेछ ।'

भारतमा उर्जा क्षेत्र, रासयनिक मल उत्पादन, औद्योगिक उत्पादन र

रास लाफान पर्सियन खाडीको किनारमा रहेको औद्योगिक शहर हो ।राजधानी दोहाबाट झन्डै ८० किलोमिटर पर रास लाफान औद्योगिक केन्द्र छ । यहाँबाट निस्किएका जहाजहरु हर्मुजको जलघाँटी हुँदै विश्वबजारमा पुग्छन् ।

यस औद्योगिक क्षेत्रलाई सरकारी स्वामित्वको कतार इनर्जीले सञ्चालन गर्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार यो विश्वकै सबैभन्दा महत्वपूर्ण लिक्विफाइड प्राकृतिक ग्याँस (एलएनजी) केन्द्र हो ।

यहाँ प्रशोधन, ढुवानी र भण्डारका लागि पूर्वाधार बनाइएका छन् । अमेरिकापछि कतार एलएनजी ग्याँसको दोस्रो ठूलो निर्यातकर्ता हो ।

विश्वको कुल खपतको झन्डै २० प्रतिशत एलएनजी ग्याँस कतारमा उत्पादन हुन्छ । औद्योगिक उपभोग, बिजुली, घरेलु ग्याँस र ट्रक–जहाजजस्ता सवारी साधनमा एलएनजी प्रयोग हुने गर्छ ।

कतारमा लगभग सबै एलएनजी ग्यास पहिले रास लाफानमा ल्याएर प्रशोधन गरिन्छ । त्यसपछि जहाजमार्फत विश्व बजारमा वितरण हुन्छ ।

युद्ध सुरु भएयता मार्चको सुरुवातदेखि नै यहाँ एलएनजी र अन्य उत्पादन अस्थायी रुपमा रोकिएको थियो । हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेकाले कतारबाट तेल तथा ग्यास बाहिरिन समस्या छ । त्यहीकारण, यहाँ उत्पादन कटौती गर्नुपरेको थियो ।

जापान, दक्षिण कोरिया, पाकिस्तान, बंगलादेश, भारतलगायत देशमा यहाँबाट एलएनजी ग्यास जाने गरेको छ । यसबाहेक युरोप तथा अफ्रिकासम्म पनि यहाँबाट ग्यास पुग्छ ।

हर्मुजमा अवरोध भएदेखि नै पाकिस्तान, बंगलादेश, भारत, श्रीलंकालगायत देशमा एलएनजी ग्यासको अभाव चरम छ । यस आक्रमणले इन्धन संकट तथा मूल्यवृद्धिको जोखिम बढाएको छ ।

रास लाफान औद्योगिक क्षेत्रमा युनिया तथा एमोनिया रसायनिक मल पनि उत्पादन हुन्छ । माइक्रोचिप्स बनाउनका लागि आवश्यक पर्ने सल्फर र हिलियमजस्ता ग्यास पनि यहाँ उत्पादन हुन्छ ।

यहाँबाट विश्वको हिलियम उत्पादनको २५ प्रतिशत आपुर्ति हुने गरेको कतार इनर्जीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...