मुख्य समाचार
नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ
नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ

— रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ । पुलिसले बिहीबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हाे ।

पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै पुरा गर्यो । गत वर्ष वीरगञ्जमा पनि पुलिसले आर्मीलाई नै पराजित गर्दै उपाधि जितेको थियो । दिलशाद अली ५७ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ३१ र शंकर राना ८ बल खेली २ चौका प्रहार गरि १३ रनमा अविजित रहे ।

अमित श्रेष्ठ शून्य र दिनेश खरेल २५ रनमा आउट भएपछि रशिद र कुशलले तेस्रो विकेटमा ठोस साझेदारी गरे । कुशलले ५१ र रशिदले ८१ रन बनाए । कुशलले ६४ बल खेली ५ चौका र रशिदले १ सय २८ बल खेली ८ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान आरिफ शेख २१ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १४ र गुलशन झा १ रनमा आउट भए । आर्मीका पवन कार्कीले २ र शाहब आलमले १ विकेट लिए ।

यसअघि १७८–९ बाट तेस्रो दिनको खेलको सुरुआत गरेको पुलिसले थप ४८ रन जोडेको थियो । आकाश चन्द र घाइते अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले दशौं विकेटमा कुल ४९ रन जोडे । सागर ढकालले आकाशलाई आउट गरि यो साझेदारी तोडेका थिए ।

आकाशले १ सय २ बल खेलि ५ चौकासहित ३७ रन बनाए । देब्रेहातमा लागेको चोटका बावजुद खेलेका सोमपाल २३ रनमा अविजित रहे । उनले ७६ बल खेल्दै ३ चौका प्रहार गरे । सागरले १६.२ ओभरमा २ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । करण केसी र ललित राजवंशीले ३–३ विकेट लिए ।

पहिलो इनिङ्समा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए । इमरान शेखको ५०, भीम सार्कीको ३९ र कुशल मल्लको ३८ रनमा आर्मीले पहिलो इनिङ्समा २ सय २१ रन बनाएको थियो । करणले अविजित ७२ रन बनाएपछि पुलिसको पहिलो इनिङ्सको स्कोर पनि २ सय २१ रनमै रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम