मुख्य समाचार
रमजानको समयमा जेरुसेलमका पवित्रस्थल लक्षित आक्रमणप्रति इजरायली दूतावासद्वारा निन्दा
रमजानको समयमा जेरुसेलमका पवित्रस्थल लक्षित आक्रमणप्रति इजरायली दूतावासद्वारा निन्दा

: रमजान पर्व सुरु भएको समयमा इजरायलको जेरुसेलमका पवित्र धार्मिक स्थलहरू नजिक मिसाइल आक्रमण भएको घटनाप्रति काठमाडौंस्थित इजरजायली दूतावासले गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ।


दूतावासले प्रेस विज्ञप्ति जारी गरेर इरानी शासनले १६ मार्चको रात जेरुसेलम र पुरानो सहर क्षेत्रका तीनै धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। उक्त आक्रमणका भग्नावशेषहरू अल-अक्सा मस्जिद परिसर, चर्च अफ द होली सेपल्कर, टेम्पल माउन्ट तथा वेस्टर्न वाल नजिक खसेको उल्लेख गरिएको छ।


विज्ञप्तिमा भनिएको छ, 'यस प्रकारका आक्रमणले जेरुसेलममा बसोबास गर्ने १० लाखभन्दा बढी यहूदी, मुस्लिम र ईसाई समुदायका नागरिकहरूलाई प्रत्यक्ष जोखिममा पारेको छ।' रमजानजस्तो पवित्र धार्मिक अवधिमा इस्लामका महत्वपूर्ण स्थलहरू लक्षित गरिनु धार्मिक मूल्य र आध्यात्मिकताप्रति गम्भीर अवहेलना भएको दाबी गरिएको छ।



दूतावासले यस्ता घटनाले इजरायलले मुस्लिमहरूको धार्मिक स्वतन्त्रता सीमित गरेको भन्ने आरोपहरूलाई आधारहीन देखाउने पनि उल्लेख गरेको छ। त्यस्ता दाबीहरू तथ्यहीन र तनाव भड्काउने उद्देश्यले गरिएको प्रयास मात्र भएको विज्ञप्तिमा जनाइएको छ। साथै, इजरायलले सबै धर्मका पवित्र स्थलहरूको संरक्षण गर्दै उपासकहरूको सुरक्षाका लागि आवश्यक रक्षात्मक उपाय अपनाउँदै आएको दाबी गरिएको छ।

दूतावासले पवित्र स्थलहरूमा गरिएको यस्तो आक्रमण अस्वीकार्य भएको बताउँदै यसले मानव जीवनसँगै धार्मिक सहअस्तित्व, सम्मान र स्वतन्त्रताजस्ता साझा मूल्यहरूलाई समेत जोखिममा पार्ने चेतावनी दिएको छ। सबै धर्मावलम्बीले सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो धर्म पालन गर्न पाउने वातावरण सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पुनः दोहोर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...