मुख्य समाचार
पाकिस्तानले अफगान तालिबानविरुद्ध जारी 'अपरेसन गजब-लिल-हक 'लाई केही समयका लागि रोक्ने निर्णय
पाकिस्तानले अफगान तालिबानविरुद्ध जारी 'अपरेसन गजब-लिल-हक 'लाई केही समयका लागि रोक्ने निर्णय

: पाकिस्तानले अफगान तालिबानविरुद्ध जारी 'अपरेसन गजब-लिल-हक 'लाई केही समयका लागि रोक्ने निर्णय गरेको छ।


पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बुधबार जानकारी दिए अनुसार, 'इद-उल-फित्र' र 'भ्रातृ ईस्लामी राष्ट्रहरू' को अनुरोधमा अफगान तालिबानविरुद्धको कारबाहीलाई केही समयका लागि स्थगित गरिएको हो।


अताउल्लाह तारडले एक्समा लेखेका छन् 'इद-उल-फित्रलाई ध्यानमा राख्दै, आफ्नो इच्छाले र भ्रातृ ईस्लामी देशहरू साउदी अरब, कतार र टर्कीको अनुरोधमा, पाकिस्तान सरकारले अफगानिस्तानमा आतंकवादीहरू विरुद्ध जारी 'अपरेसन गजब-लिल-हक' लाई अस्थायी रूपमा रोक्ने घोषणा गरेको छ।'



उनले अगाडि लेखेका छन् यो रोक १८/१९ मार्च २०२६ को मध्यरातदेखि २३/२४ मार्च २०२६ को मध्यरातसम्म लागू रहनेछ।

पाकिस्तानले यो कदम असल नियत र ईस्लामी परम्परा अनुसार चालेको हो। तर, यदि यस अवधिमा कुनै सीमापार आक्रमण, ड्रोन हमला वा पाकिस्तानभित्र कुनै आतंकवादी घटना भएमा, 'अपरेसन गजब-लिल-हक' तुरुन्तै र अझ बढी कडाइका साथ पुनः सुरु गरिनेछ।

अर्को एउटा पोस्टमा तारडले बताए अनुसार, युद्धविराम घोषणा हुनु अघिसम्म अफगानिस्तानमा ७०७ आतंकवादी मारिएका छन् र ९३८ जना घाइते भएका छन्। उनले अफगानिस्तानका ८१ स्थानमा हवाई हमला गरी आतंकवादी र उनीहरूको नेटवर्कलाई निशाना बनाइएको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...