मुख्य समाचार
भारतीय र्‍यापर तथा गायक बादशाहको पछिल्लो हरियाणवी गीत 'तत्तेरी' लाई लिएर उत्पन्न विवाद थप चर्किएको छ
भारतीय र्‍यापर तथा गायक बादशाहको पछिल्लो हरियाणवी गीत 'तत्तेरी' लाई लिएर उत्पन्न विवाद थप चर्किएको छ

— भारतीय र्‍यापर तथा गायक बादशाह (आदित्य प्रतीक सिंह सिसोदिया) को पछिल्लो हरियाणवी गीत 'तत्तेरी' लाई लिएर उत्पन्न विवाद थप चर्किएको छ ।

गीतमा अश्लीलता प्रदर्शन गरिएको र महिलालाई अपमानजनक ढंगले चित्रण गरिएको भन्दै भारतको राष्ट्रिय महिला आयोगले बादशाहसहित निर्माण टोलीलाई उपस्थित हुन आदेश दिएको छ ।

आयोगले सञ्चारमाध्यममा आएका रिपोर्टहरूका आधारमा स्वतः यो कदम चालेको हो । गीतको विषयवस्तुले कानुनको उल्लंघन गरेको आयोगको प्रारम्भिक निष्कर्ष छ ।

राष्ट्रिय महिला आयोगले एक विज्ञप्ति जारी गर्दै 'तत्तेरी' गीतमा प्रयोग गरिएका शब्द र दृश्यहरू आपत्तिजनक रहेको बताएको छ । आयोगका अनुसार यो गीत भारतीय न्याय संहिता, सूचना प्रविधि ऐन र महिलाको अश्लील प्रतिनिधित्व (निषेध) ऐन, १९८६ को प्रावधानविपरीत देखिएको छ ।

आयोगले बादशाहसहित भिडियो निर्देशक माही सन्धु, सह-निर्देशक जोबन सन्धु र निर्माता हितेनलाई आगामी मार्च २५ मा दिउँसो १२:३० बजे आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।

तोकिएको समयमा उपस्थित नभए कानुनी कारबाही अघि बढाउने चेतावनीसमेत आयोगले दिएको छ ।

गत मार्च १ मा सार्वजनिक भएको यस गीतमा महिलाहरूलाई 'अब्जेक्टिफाई'गरिएको र स्कुलको पोसाकमा रहेका बालिकाहरूलाई हरियाणा रोडवेजको बसभित्र आपत्तिजनक हाउभाउमा नृत्य गराइएको आरोप छ ।

सामाजिक सञ्जालमा उक्त भिडियोका दृश्यहरूलाई लिएर तीव्र आलोचना भएपछि यो विवाद हरियाणाबाट सुरु भई अन्य राज्यहरूमा समेत फैलिएको थियो ।

विवाद बढ्दै गएपछि पञ्चकुला, जिन्द र पानीपतलगायतका जिल्लाहरूमा बादशाहविरुद्ध उजुरी दर्ता भएको छ । उनी देशबाहिर जान नपाउन भनी 'लुकआउट सर्कुलर' समेत जारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

कागुनी झमेला र जनआक्रोश बढ्दै गएपछि बादशाहले उक्त गीतलाई युट्युबलगायत सबै प्लाटफर्मबाट हटाएका छन् । मार्च ७ मा एक भिडियो सन्देश जारी गर्दै उनले यस घटनाप्रति खेद व्यक्त गरेका छन् । ‘मेरो उद्देश्य महिला वा बालबालिकाको भावनामा चोट पुर्‍याउने थिएन ।

गीतका शब्दहरू हिप-हप शैलीको प्रतिस्पर्धात्मक धारमा लेखिएका थिए,’ बादशाहले स्पष्टीकरण दिँदै भनेका छन्, ‘म हरियाणवी हुनुमा गर्व गर्छु र यो संस्कृतिलाई विश्वसामु चिनाउन चाहन्थेँ । यद्यपि, कसैलाई चोट पुगेकोमा म क्षमाप्रार्थी छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम