मुख्य समाचार
विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ
विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ

: विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। इरानी सञ्चारमाध्यमहरूले गरेको उक्त दाबीपछि तेलको मूल्य प्रति ब्यारेल १०८ डलरभन्दा माथि पुगेको छ।


ब्रेन्ट क्रुड आयलको मूल्य १०८.६० डलर प्रति ब्यारेल सम्म पुगेको छ, जुन मंगलबारको मूल्यको तुलनामा ५ प्रतिशतले बढी हो। त्यस्तै बेलायती ग्यासको बेन्चमार्क मूल्यमा पनि तीव्रता देखिएको छ। यो करिब ६ प्रतिशतले बढेर १३९ पेन्स प्रति थर्म पुगेको छ।


इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स(आईआरजीसी) सँग आबद्ध न्युज एजेन्सी तस्नीमले इरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको जानकारी दिएको थियो।



साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। यस क्षेत्रमा इरान र कतार दुवै देशले आफ्ना प्लान्टहरू सञ्चालन गर्दै आएका छन्। 'तस्निम'का अनुसार आक्रमण बुधबार भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक ...
होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताएका छन्। बेलायतको सामुद्रिक सुरक्षा एजेन्सी ‘यूके म्यारिटाइम ...
: चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो। जारी सूचनाअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म, शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन ...
: भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने ...
— उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ...