: प्रहरीले विभिन्न स्थानबाट जुवातास खेल्ने २५ जनालाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ र १८ बुक ताससहित गएराति पक्राउ गरेको हो ।
यसैगरी ललितपुर महानगरपालिका-१५ शिव बस्ती बस्ने सरस्वती गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यता, राप्ती गाउँपालिका-१ बगासोतीबाट जुवातास खेल्ने ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।