: राष्ट्रिय लिग–२०८२ को आगामी खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्काे सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको बताएको छ ।
एन्फाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति साझा गर्दै सम्पूर्ण क्लबहरुलाई राष्ट्रिय लिग हालका लागि स्थगित गरिएको जानकारी गराएको हो । राष्ट्रिय लिगमा आज ३ वटा खेलहरु रहेका थिए । जसमध्ये चित्लाङ एफसी र लालीगुराँस एफसीको खेल सम्पन्न भइसकेको छ ।