: सस्तोमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका-१२ का विवेक रेग्मी रहेका छन्।
पक्राउ पर्ने भारतीयहरूमा हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद इमरान, मिर खालिद हुसेन, रजाक महम्मद र समदा गिरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
हालसम्म ३ सय २८ जनाबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको पाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार गत कात्तिक १७ गते विवेक रेग्मीले आफ्नो नाममा कम्पनी दर्ता गराई सिर्तेल होलिडेज नामक कार्यालय स्थापना गरेको पाइएको छ।
३० जना नेपाली कर्मचारी नियुक्त गरी गत नोभेम्बर १६ देखि कम्पनीले काम सुरु गरेको थियो। स्टाफ तथा ग्राहकहरुलाई कम्पनीको प्रधान कार्यालय भारत, हैदराबादमा भएको बताएको प्रहरीको अनुसन्धानमा देखिएको छ।
लट्री अफरमा मा सहभागी गराउन भाटभटेनी, लबिम मल, सिभिल मल लगायतका विभिन्न स्थानहरुमा स्टल राखी मानिसहरुलाई फारम भराउने गरेको, फारम भर्ने सम्पुर्ण व्यक्तिहरुलाई लट्रि पर्यो भनेर फोन गरि कार्यालय सम्म बोलाउने, होलडे प्याकेजको अफर, ग्राहकहरुले अफिस भिजट गरेको दिनसम्म मात्र भ्यालिड रहेको भनि झुक्यानमा पारी सोही दिन पैसा कम्पनीको खाता ट्रान्सफर गर्न लगाएको अनुसन्धानमा देखिएको उनले बताए।
उनका अनुसार प्याकेज बुक गरी पेमेन्ट गरिसकेका व्यक्तिहरुलाई करार अनुसार भ्रमण नगराएको, पैसा फिर्ता माग्न जाँदा विभिन्न बाहाना बाजी गरी पैसा फिर्ता नगरेको पाइएको छ।