मुख्य समाचार
आगामी कन्नड फिल्म ‘केडी: द डेभिल’ को बहुप्रतिक्षित गीत ‘सर्के चुनर तेरी सर्के’ यतिबेला विवादमा
आगामी कन्नड फिल्म ‘केडी: द डेभिल’ को बहुप्रतिक्षित गीत ‘सर्के चुनर तेरी सर्के’ यतिबेला विवादमा

— आगामी कन्नड फिल्म ‘केडी: द डेभिल’ को बहुप्रतिक्षित गीत ‘सर्के चुनर तेरी सर्के’ यतिबेला विवादमा मुछिएको छ ।

विवाद चर्किएपछि निर्माण पक्षले यसको हिन्दी संस्करण युट्युबबाट हटाएको छ ।

सामाजिक सञ्जालमा गीतको शब्द र दृश्यलाई लिएर तीव्र आलोचना भएपछि र सेन्सर बोर्डमा उजुरी परेपछि गीत युट्युवबाट हटाइएको हो ।

केभीएन प्रोडक्सन्सले गत शुक्रबार गीतको प्रोमो र शनिबार पूरा भिडियो सार्वजनिक गरेको थियो । नोरा फतेही र सञ्जय दत्त फिचर्ड यस गीतको कन्नड, तमिल, तेलुगु र मलयालम संस्करणहरू भने अझै अनलाइनमा उपलब्ध छन् ।

अधिवक्ता विनीत जिन्दलले केन्द्रीय फिल्म प्रमाणन बोर्डमा उजुरी दर्ता गर्दै गीतमा ‘अत्यधिक अश्लील, यौन उत्तेजक र आपत्तिजनक’ शब्दहरू प्रयोग भएको दाबी गरेका छन् । उजुरीमा यो गीतले सार्वजनिक नैतिकतामा खलल पुर्‍याउने र नाबालिगहरूका लागि हानिकारक हुने उल्लेख गरिएको छ ।

सूचना तथा प्रसारण मन्त्रालयलाई समेत बोधार्थ दिइएको उक्त उजुरीमा गीतलाई सबै डिजिटल प्लेटफर्मबाट स्थायी रूपमा हटाउन माग गरिएको छ । अधिवक्ता जिन्दलले यस विषयमा दिल्ली पुलिसको साइबर सेलमा समेत छुट्टै आपराधिक उजुरी दर्ता गराएका छन् ।

भारतीय न्याय संहिता को धारा २९४, पोक्सो ऐन र सूचना प्रविधि ऐन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

गीत सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसको कडा आलोचना गरेका थिए । एक्स (ट्विटर) मा एक प्रयोगकर्ताले लेखेका छन्, ‘नोरा फतेहीको यो नयाँ गीतले अश्लीलताको सबै सीमा पार गरेको छ ।’

अर्का प्रयोगकर्ताले भारतीय सेन्सर बोर्डको भूमिकामाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘के भारतमा सेन्सर बोर्ड छ ? यस्ता द्विअर्थी र अश्लील शब्द भएका गीतहरूलाई कसरी अनुमति दिइन्छ ?’

धेरैले यो गीतले युवा पुस्ता र बालबालिकामा नकारात्मक असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘केडी: द डेभिल’ सन् १९७० को दशकको पृष्ठभूमिमा आधारित एक एक्सन क्राइम ड्रामा हो । प्रेमद्वारा निर्देशित यस फिल्ममा ध्रुव सरजा, सञ्जय दत्त, शिल्पा शेट्टी र रेश्मा नानायाको मुख्य भूमिका रहेको छ ।

यो फिल्म आगामी अप्रिल ३०, २०२६ मा प्रदर्शन हुने तालिका रहेको छ ।

विवादास्पद हिन्दी संस्करणको गीतमा मङ्लीको स्वर, रकिब आलमको शब्द र अर्जुन जन्यको संगीत रहेको थियो ।

विवाद चर्किएपछि नोरा फतेहीले भने आफूले गीतको शब्द नसुनेको र यसको जिम्मेवार निर्माण पक्ष नै हुने भन्दै बचाउ गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम