मुख्य समाचार
इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा
इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा

— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरण प्रदेश सभामा पुगेको छ । घटना भएको १३ दिन बितिसक्दा पनि वास्तविकता सार्वजनिक नभएको भन्दै कर्णाली प्रदेश सभामा सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

बिहीबार कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले अनुसन्धान ढिलाइप्रति प्रश्न उठाएका छन् । नेकपाका सांसद रणसिं परियारले बलात्कारपछि हत्या भएको आशंका गर्दै अनुसन्धानमा ढिलाइ भएको प्रति आपत्ति जनाए ।

उनले भने, ‘अनुसन्धान किन ढिला भइरहेको छ ? दलित तथा महिलामाथि हुने यस्ता घटनामा राज्य किन गम्भीर देखिँदैन ?’ उनले छिटो र पारदर्शी अनुसन्धान गर्न तथा पहुँचका आधारमा अनुसन्धान प्रभावित हुन नदिन सरकारलाई सचेत गराए । ‘घटनालाई विषयान्तर गर्न खोजिए संसद्‌बाट कडा प्रतिवाद हुन्छ,’ उनले चेतावनी दिए ।

नेकपाकी सांसद उर्मिला विश्वकर्माले दोषीलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय जिम्मेवार बन्नुपर्ने बताइन् । उनले भनिन्, ‘छोरीहरूले सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । प्रदेशको राजधानीमै पीडितले न्याय नपाए ग्रामीण क्षेत्रमा के अपेक्षा गर्ने ?’

कर्णालीका मुख्यमन्त्री यामलाल कडेँलले पनि संसद्‌मार्फत घटनाबारे धारणा राखेका छन् । उनले इनिशा विकको परिवारलाई दबाब दिएको भन्ने आरोप अस्वीकार गर्दै केही युट्युबरहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको बताए । मुख्यमन्त्री कँडेलले सरकार प्रमुखको हैसियतमा पीडित परिवारलाई सान्त्वना दिन गएको विषयलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो । रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । ...
: नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पनि सरकार गठनका लागि संबादमा जुटेका छन्। बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरु डीपी अर्याल र स्वर्णिम वाग्ले संबादमा जुटेका हुन्। बालेन सचिवालका अनुसार उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। आगामी सरकारमा कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने, पार्टीबाट कसलाई कुन ...
: लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गरेका छन् । बिहीबार प्रदेश सरकारमार्फत सञ्चालनमा रहेका सडक र पुल आयोजनाहरूको अनुगमन गरेका हुन् । आयोजनाहरूको अनुगमन गर्दै उनले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गरे । ‘प्यूठानी जनताको साथ, सहयोग र सद्भावबाट ...
: निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह,लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालले मिलेमतोमा करिब १२ लाख ७७ हजार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम