: नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पनि सरकार गठनका लागि संबादमा जुटेका छन्। बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरु डीपी अर्याल र स्वर्णिम वाग्ले संबादमा जुटेका हुन्।
बालेन सचिवालका अनुसार उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। आगामी सरकारमा कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने, पार्टीबाट कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेलगायत विषयमा सहमति जुटाउन उनीहरू संबादमा जुटेको रास्वपा स्रोतले जानकारी दिएको छ।
रास्वपाले हालै नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यासका सम्बन्धमा अभिमुखीकरण दिएको थियो। निर्वाचन आयोगले पनि आज समानुपातिकतर्फका सांसदहरूलाई प्रमाण पत्र वितरण गरेको छ। आयोगले निर्वाचनको मतपरिणामसहितको प्रतिवेदनसमेत राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति पौडेलले प्रतिवेदन अध्ययनपछि छिट्टै सरकार गठनको आह्वान गर्नेछन्।
फागनु २१ को निर्वाचनमा रास्वपा एक्लैले १८२ सिट जितेको छ।