मुख्य समाचार
युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा
युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा

। युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेल सकिएसँगै क्‍वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

क्‍वाटरफाइनलमा स्पेनिस महारथी रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । रियलले अन्तिम १६ मा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई हराएको थियो ।


त्यस्तै इंग्लिस क्लब आर्सनलको भेट पोर्चुगिज टोली स्पोर्टिङ सीपी सँग हुने भएको छ । आर्सनलले बायर लेभरकुसन तथा स्पोर्टिङले बोडो ग्लिम्पटलाई हरायो ।

स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको भिडन्त पनि क्‍वाटरफाइनलमै हुने भएको छ । बार्सिलोनाले न्युकासल युनाइटेड तथा एट्लेटिकोले टोटनहम हटस्परलाई हरायो ।


साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन र इंग्लिस क्लब लिभरपुलबीच पनि अन्तिम आठमा भिडन्त हुनेछ । पीएसजीले चेल्सी तथा लिभरपुलले गालातासारेलाई पराजित गर्‍यो ।

क्‍वाटरफाइनलका पहिलो लेगका खेलहरू अप्रिल दोस्रो साता हुनेछ भने दोस्रो लेगको खेल तेस्रो सातामा खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम