मुख्य समाचार
सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग
सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग

। सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ ।

कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याउँदै मोरक्को लाई ३-० को जित दिँदै उपाधि प्रदान गरेपछि विवाद चर्किएको हो ।


जनवरीमा भएको तनावपूर्ण फाइनलमा सेनेगलले मोरक्कोलाई १-० ले हराएको थियो । तर खेलको अन्त्यतिर पेनाल्टी निर्णयको विरोधमा सेनेगलका खेलाडी मैदानबाट बाहिरिएपछि सीएफले उक्त खेल ‘फोरफिट’ भएको ठहर गर्दै नतिजा परिवर्तन गरेको थियो ।

खेलाडीहरू करिब १७ मिनेटपछि मैदान फर्किएका थिए । त्यसपछि ब्राहिम डियाजको पेनाल्टी बचत भएको थियो भने पापे गुएयेले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए ।

तर मोरक्को फुटबल महासंघको अपिलपछि सीएफले नियम उल्लंघन भएको भन्दै सेनेगललाई पराजित घोषणा गर्‍यो ।

सेनेगल सरकारले उक्त निर्णयलाई ‘गम्भीर अन्यायपूर्ण’ भन्दै पूर्ण अस्वीकार गरेको छ । उनीहरूले निर्णय नियमको गलत व्याख्यामा आधारित रहेको आरोप लगाएका छन् ।

यता मोरक्को फुटबल महासंघले भने सीएफको निर्णयको स्वागत गर्दै यसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमको सम्मान सुनिश्चित गर्ने जनाएको छ ।

सीएएफ अध्यक्ष प्याट्रिस मोट्सेपे ले फाइनलमा भएको घटनाले प्रतियोगिताको विश्वसनीयतामाथि असर पारेको बताए ।

यसैबीच सेनेगल फुटबल महासंघ ले उक्त निर्णयविरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा अपिल गर्ने जनाएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीले मैदान छोड्नु ‘अस्वीकार्य’ भएको प्रतिक्रिया दिएका छन् ।

सेनेगलका केही खेलाडीहरूले भने आफूहरूले जितेको उपाधि नत्याग्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम