मुख्य समाचार
अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थिर
अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थिर

। इरानमाथि आक्रमण गर्न गएको अमेरिकाको एक एफ–३५ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आपतकालीन अवतरण गरेको छ । सो विमान इरानको आक्रमणमा परेको अनुमान गरिए पनि पुष्टि भएको छैन ।

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको बताइएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै इरानमाथि लडाकु मिसन सम्पन्न गरेपछि विमानले क्षेत्रीय अड्डामा आपतकालीन अवतरण गरेको जानकारी दिएका छन् । ‘विमान सुरक्षित अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त विमान इरानको आक्रमणमा परेको हुन सक्ने जनाएको छ । तर अमेरिकी पक्षले आपतकालीन अवतरणको स्पष्ट कारण अझै खुलाएको छैन ।

अल जजिराका अनुसार एफ–३५ स्टेल्थ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।

मार्च १ मा भने अमेरिकी तीन वटा एफ–१५ इ स्ट्राइक इगल विमानहरु कुवेती एफ/ए–१८ द्वारा ‘फ्रेन्डली फायर’ मा खसालिएका थिए । सबै ६ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक अमेरिकी विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता अमेरिकाले करिब १२ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको रिपोर्टहरूमा उल्लेख छ । साथै, साउदी अरेबियास्थित एक अड्डामा इरानी क्षेप्यास्त्र आक्रमणबाट इन्धन भर्ने पाँच वटा विमान क्षतिग्रस्त भएको पनि बताइएको छ, यद्यपि यी विवरण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।

अहिलेसम्म इरानसँगको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी लक्ष्य यथावत्

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्धको युद्धमा आफ्नो देशका उद्देश्यहरू सुरुदेखि जस्तै यथावत् रहेको बताएका छन् ।

उनका अनुसार अमेरिकाले हालसम्म इरानभित्र ७,००० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ भने ४० भन्दा बढी बम बिछ्याउने जहाज र ११ वटा पनडुब्बीलाई निशाना बनाएको छ ।

‘हाम्रा उद्देश्यहरू पहिलो दिनदेखि जस्तै छन्– इरानका क्षेप्यास्त्र प्रक्षेपण प्रणाली नष्ट गर्नु, रक्षा औद्योगिक संरचना र नौसैनिक क्षमतामा क्षति पुर्‍याउनु र उसलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु,’ उनले भनेका छन् ।

अभियान कहिलेसम्म चल्ने भन्ने कुनै निश्चित समयसीमा नरहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। घर लिप्ने माटो खन्ने क्रममा ...
। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र ...
। संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ । बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृतका प्रस्ताव पेश हुने बताएका हुन् । ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । ...
। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम