मुख्य समाचार
नयाँ प्रधानमन्त्रीको शपथ १३ गते, मन्त्रिपरिषद्‌बारे छलफल
नयाँ प्रधानमन्त्रीको शपथ १३ गते, मन्त्रिपरिषद्‌बारे छलफल

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले अनलाइनखबरलाई जानकारी दिए ।

‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर मात्रै पनि हुँदैन । अन्य पक्षसँग पनि गर्नुपर्ने आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाको६ीले भने ।

साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । यद्यपि मन्त्रिपरिषद्को आकार र व्यक्तिबारे भने टु‌ंगो नलागेको उनी बताउँछन् ।

छलफलमा सहभागी रहेका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार, १२ गते सांसदहरूले शपथ लिनासाथ अन्य विषय पनि अघि बढ्छन् ।

‘१२ गते सांसदहरूको शपथ छ । हामीले नयाँ सरकार गठन गर्नका लागि आवश्यक छलफल अघि बढाएका छौं,’ वाग्लेले अनलाइनखबरसँग भने ।

संघीय संसद् सचिवालयले १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिसकेको छ । सांसदहरूको शपथ लगत्तै भोलिपल्टै प्रधानमन्त्रीको शपथ गराउनेगरी तयारी अघि बढाइएको हो ।

रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो । सोही अनुसार, बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री नियुक्त गर्नेगरी रास्वपा अघि बढेको हो ।

रास्वपाले गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो भनेको झण्डै दुई तिहाइ मत हो ।

यही मतका आधारमा रास्वपाले एकल सरकार गठन गर्न लागेको हो ।

संघीय संसद् सचिवालयले १६ गते संघीय संसद्को अधिवेशन बोलाउनेगरी तयारी अघि बढाएको छ । यसबारे आजै दिउँसो बसेको सर्वदलीय बैठकमा पनि संसद् सचिवालयका अधिकारीहरूले ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। घर लिप्ने माटो खन्ने क्रममा ...
। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र ...
। संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ । बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृतका प्रस्ताव पेश हुने बताएका हुन् । ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । ...
। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम