मुख्य समाचार
जनकपुरमा टिपर आतंक : सर्वसाधारणदेखि ट्राफिक प्रहरीसम्म सिकार
जनकपुरमा टिपर आतंक : सर्वसाधारणदेखि ट्राफिक प्रहरीसम्म सिकार

। जनकपुरधामको पीडारी चोकस्थित सिक्स लेन सडकमा बिहीबार बिहान असरल्ल गिट्टी छरिएको थियो । करिब १०० मिटर क्षेत्रसम्म तीन लेनमा छरिएको गिट्टीका कारण सर्वसाधारण तथा सवारी साधन आवतजावत असहज देखिन्थ्यो ।

एक पैदल यात्रु भन्दै थिए, ‘ट्राफिक प्रहरीले टिपरवालासँग गरेको सेटिङको परिणाम हो यो । टिपरवालाले जे गरे पनि हुन्छ, उसलाई कानुनले छुँदैन ।’




सडकमा टिपरले छरेको गिट्टी दिउँसो ट्राफिक प्रहरीले आफैं सफा गर्‍यो ।

जनकपुरमा टिपरले मान्छेलाई ठक्कर दिने र ओभरलोड गरी सडकमा गिट्टी-बालुवा खसाल्ने घटना सामान्य जस्तै भएको छ । यसका उदाहरण हुन्, गत पुस ३० र फागुन ११ गते भएका दुर्घटना । जसमा सर्वसाधारणदेखि ट्राफिक प्रहरीसम्मले टिपरको सिकार बन्नु पर्‍यो ।




फागुन ११ गते दिउँसो जनकपुरको विश्वकर्मा चोकमा तीव्र गतिमा हुइँकिइरहेको टिपरले पछाडिबाट ठक्कर दिँदा ट्राफिक प्रहरी जवान चन्द्रकला महतोको घटनास्थलमै मृत्यु भएको थियो । महोत्तरीको बर्दिबासस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यरत २६ वर्षीया महतो कामका लागि प्रदेश प्रहरी कार्यालय आएकी थिइन् ।

प्रहरीका अनुसार, प्रहरी निरीक्षक विजयकुमार यादवले चलाएको प्रदेश २-०२,००२ प ७३५२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महतोलाई जिरोमाइलतर्फ जाँदै गर्दा प्रदेश २–०३,००१ क ०१०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । उक्त दुर्घटनामा प्रहरी निरीक्षक यादव सामान्य घाइते भएका थिए ।


टिपर सडकभरी छरेर हिँडेको गिट्टी–ढुंगा । तस्वीर: अनलाइनखबर
यसअघि पुस ३० गते पनि जनकपुरको व्यस्त बजार क्षेत्रमा छुट्टाछुट्टै घटनामा दुई जनालाई तीव्र गतिमा रहेको टिपरले पछाडिबाटै ठक्कर दिएको थियो । मिल्स एरियामा ना८ख ८२५७ नम्बरको टिपरले ठक्कर दिँदा ज७प २८३७ नम्बरका मोटरसाइकल चालक करिब ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसै दिन बिहान प्रदेश २-००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला विहारी नगरपालिका-७, तारापट्टीकी २७ वर्षीया नितु साह गम्भीर घाइते भएकी थिइन् ।

टिपरको लापरबाही बढ्दै जाँदा पनि ट्राफिक प्रहरी मुकदर्शक बनेको आरोप स्थानीयको छ । ओभरलोड बोक्ने, बालुवा उडाउने तथा पानी चुहाउने प्रवृत्ति भने पुरानै हो । सिक्स लेन सडकमा ओभरलोड बोकेका टिपरबाट चुहिने भिजेको बालुवाको पानी मोटरसाइकल, साइकल चालक तथा पैदल यात्रुहरूमा छ्यापिने गरेको छ । यसले लुगा फोहोर पार्नुका साथै आँखामा पर्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

दैनिक साइकल चलाएर उक्त सडक प्रयोग गर्ने महोत्तरी पिपरा गाउँपालिका-१ का जयनाथ झाले धुलो र बालुवाका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो गरे ।

‘टिपर र ट्याक्टरले ओभरलोड बालुवा–गिट्टी बोकेर ल्याउँछन्, तर राम्रोसँग छोपिएको हुँदैन । उडेर आँखामा पर्छ, जिउभरि धुलो लाग्छ,’ उनले भने, ‘श्वासप्रश्वासमार्फत भित्र पुगेर स्वास्थ्यमा असर गर्छ । यो सडकमा सबैले सुरक्षित रूपमा हिँड्न पाउनुपर्छ ।’ यस्तै गुनासो अधिकांश यात्रुको छ ।

यति मात्र होइन टिपर, ट्याक्टरले बोकेको अभरलोडबाट झरेको गिट्टी तथा बालुवाले ढल्केवर–जनकपुर सडकखण्डको बायाँतर्फ तीन लेनमा ढाकेको प्रष्ट देख्न सकिन्छ । जसमा चिप्लिएर बेलाबेला दुर्घटना हुने गरेको छ । तर न ओभरलोड गर्ने टिपर र ट्याक्टरलाई लगाम छ, न त ट्यक्टरलाई ।

ढल्केवरतर्फबाट यसरी अभरलोड गरेर आउने टिपर आधा दर्जन ट्राफिक प्रहरी चेकपोस्ट छलेर भित्र जनकपुरधाम बजारसम्म पुग्छन् । तर मोटरसाइकललाई चेकजाँचमा व्यस्त प्रहरीको ध्यान अभरलोड गर्ने टिपरतिर परेको देखिँदैन । ट्राफिक प्रहरीले टिपरको बदमासी अनदेखा गर्नुमा सेटिङ रहेको प्रहरी स्रोतको दाबी छ ।

‘टिपर र ट्याक्टर मालिकसँग ट्राफिक प्रहरीको मासिक रकम सेटिङ हुन्छ,’ एक ट्राफिक प्रहरी भन्छन्, ‘यति गरेपछि जति अभरलोड गरे पनि फरक पर्दैन । कहिलेकाहीँ नामको लागि कारबाही हुन्छ । सबैको नम्बर ट्राफिक प्रहरीसँग हुन्छ ।’


टिपरका कारण जलमग्न भएको सडक । तस्वीर : अनलाइनखबर
ट्राफिक प्रहरीले मासिक रूपमा रकम लिने गरेको एक टिपर सञ्चालकले समेत बताए ।

टिपर चालकहरू भने उपभोक्ताकै मागअनुसार अभरलोड गिट्टी-बालुवा लग्ने गरेको तर्क गर्छन् । ‘उपभोक्ताले बढी माल ल्याइदिन भन्छन् । कम लगेपछि लिँदैनन् । त्यसैले अभरलोड ल्याउनुपर्छ,’ ट्राफिक प्रहरी कार्यालय मुजेलिया अगाडि आइतबार भेटिएका एक टिपर चालकले सुनाए ।

अर्का टिपर चालक धनुषा महेन्द्रनगर घर भएका श्याम यादवले क्रसरमा लाइन लगेर वास बालुवा लिनु पर्दा पानी चुहिने गरेको सुनाए ।

‘लाइन लागेर वास बालुवा लिनुपर्छ । लोड गरेको १० घण्टा यत्तिकै छाडे पनि पानी चुहिन बन्द हुँदैन । त्यसैले सबैमा यही समस्या छ,’ उनले भने ।

एकातर्फ टिपर आतंक बढ्दै छ । अर्कोतिर कारबाहीको संख्या दिन प्रतिदिन घट्दै जाँदा ट्राफिक प्रहरीमाथि शंका बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धुनषाकै तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को (साउनदेखि माघसम्म) सात महिनामा एक हजार ५३८ वटा पिटर, ट्याक्टर र ट्रकलाई कारबाही गरिएको छ । जबकि, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ४ हजार ८५६ टिपर, ट्याक्टर र ट्रकलाई कारबाही गरेको तथ्यांक छ । चालु आर्थिक वर्ष ७ महिनाको तथ्यांकले टिपरलाई कारबाही घटेको पुष्टि गर्छ ।

धनुषाका ट्राफिक प्रहरी प्रमुख सूर्यबहादुर शाही जेनजी आन्दोलनको कारण विगतको जस्तो टिपरलाई कारबाही गर्न नसकेको तर्क गर्छन् ।

‘जेनजी आन्दोलनको कारण कारबाही ३-४ महिना प्रभावित भयो । त्यसकारण विगत वर्षको तुलनामा संख्या घटेको हो,’ उनको तर्क छ । तर टिपरको बदमासी घटाउन आफू प्रयासरत रहेको उनको भनाइ छ ।

‘बेलाबेला हामीले टिपर चालक, साहुसँग संवाद गर्ने गरेका छौं । कक्षा दिएका छौं । रोकेर झार्ने काम भएको छ । अझै पनि लागिरहेका छौं,’ उनले भने ।

धनुषाका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार पछिल्लो भएको २–३ वटा घटनाले दिउँसको समयमा जनकपुरधाम बजार क्षेत्रमा टिपरलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। घर लिप्ने माटो खन्ने क्रममा ...
। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र ...
। संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ । बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृतका प्रस्ताव पेश हुने बताएका हुन् । ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । ...
। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम