मुख्य समाचार
थप अमेरिकी सेना परिचालन गर्ने ट्रम्पको तयारी
थप अमेरिकी सेना परिचालन गर्ने ट्रम्पको तयारी

इरान र अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्वमा हजारौँ थप अमेरिकी सैनिकहरू परिचालन गर्ने विषयमा गम्भीर छलफल सुरु गरेको छ।

रोयटर्सका अनुसार ‘अपरेसन एपिक फ्युरी’ लाई अझ सशक्त बनाउन र इरानको रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ‘ग्राउण्ड फोर्स’ पठाउने विकल्पबारे ह्वाइट हाउसले विचार गरिरहेको हो।

यस सम्भावित सैन्य परिचालनको मुख्य उद्देश्य इरानको ९० प्रतिशत तेल निर्यात हुने ‘खार्ग टापु’ लाई आफ्नो नियन्त्रणमा लिनु र ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने तेल ट्याङ्करहरूको आवागमनलाई सुरक्षित बनाउनु रहेको छ।

सैन्य विज्ञहरूका अनुसार खार्ग टापुलाई नष्ट गर्नुभन्दा त्यसलाई आफ्नो कब्जामा लिनु आर्थिक र रणनीतिक रूपमा बढी फाइदाजनक हुनेछ, यद्यपि यो कार्य निकै जोखिमपूर्ण मानिएको छ।

साथै, इरानको उच्च संवर्धित युरेनियमको भण्डारलाई सुरक्षित गर्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा अमेरिकाले हालसम्म ७ हजार ८ सय भन्दा बढी हवाई आक्रमण गरिसकेको छ, जसमा १२० भन्दा बढी इरानी जलसेनाका जहाजहरू ध्वस्त भएका छन्।

युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने करिब २०० जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने बाचा गरे तापनि अहिले इरानको ब्यालिस्टिक मिसाइल क्षमता र आणविक हतियारको सम्भावनालाई पूर्ण रूपमा समाप्त पार्न ‘बुट्स अन द ग्राउन्ड’ विकल्पलाई अस्वीकार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...