मुख्य समाचार
म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना
म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएको औषधि बेच्ने एक फर्मालाई २ लाख बढी जरिबाना तिराएको छ ।

बिहीबार अनुगमनका क्रममा काठमाडौं सिनामंगलस्थित जमकटेल फर्माले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जानकारी दिएको हो ।
त्यस्तै, अनुगमनकै क्रममा भक्तपुरको सल्लाघारीस्थित ख्वप मिनी हार्डवेयरलाई पनि २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन टोलीले जरिबाना बाहेक अन्य ११ वटा व्यापारिक फर्म तथा उद्योगहरूलाई भने व्यवसायमा सुधार गर्न सामान्य निर्देशन दिएर छाडेको छ ।

सामान्य निर्देशन पाउनेमा राजधानीका दुई ठूला ग्यास उद्योगहरू दक्षिणकाली–१, चालनाखेलस्थित एभरेष्ट ग्यास उद्योग र काठमाडौं–१६, बालाजुस्थित नेपाल ग्यास उद्योग छन् ।

काठमाडौं महानगरपालिका भित्रका बानिया किचन क्राफ्ट (कालिमाटी), सनराइज इलेक्ट्रोनिक्स (कालिमाटी), शर्मा ट्रेड एण्ड प्लाष्टिक सप्लायर्स (बाफल), आरएन ट्रेड कन्सर्न (त्रिपुरेश्वर) र इशिका सर्जिकल हाउस (त्रिपुरेश्वर) लाई पनि सामान्य निर्देशन दिइएको छ ।

भक्तपुरतर्फ सूर्यविनायक र मध्यपुर ठिमी क्षेत्रमा सञ्चालित अजिमा हार्डवेयर, भक्तपुर हार्डवेयर एन्ड सेनेटरी , मानन्धर हार्डवेयर सेन्टर र सोफिया एन्ड सोनिया ट्रेडर्सलाई अनुगमनका क्रममा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबीच सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम रोकिएका छन् । सहमतिसँगै आवासीय चिकित्सकहरू आजैदेखि ड्युटीमा फर्किएका छन् । सहमतिमा आन्दोलनमा सहभागी भएको कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव वा धम्की नदिने तथा कलेज वा छात्रावासबाट निष्कासन नगर्ने उल्लेख ...
। अब स्वास्थ्य बीमाको सेवा लिन भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै स्वास्थ्य बीमामा आबद्ध व्यक्तिलाई भौतिक कार्ड नभएकै कारण बीमाअन्तर्गतको सेवाबाट ...
। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने ...
। गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । जिल्लालाई खोरेतमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यसहित ...
। कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ । उत्तरी खण्डअन्तर्गत हिल्सा–सिमकोट सडक ...