मुख्य समाचार
जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी
जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी

। जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।

कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो ।

कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।

पर्साको वीरगञ्ज महानगर–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई धेरै सहज भएको बताए ।
‘नागरिकता बनाउनका लागि धेरै वर्ष भौँतारिँदै हिँड्नुपर्‍यो,’ उनले भने, ‘आमाको नामबाट नागरिकता पाएसँगै अब विभिन्न खालका प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ ।’

वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारी पनि लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्दा पनि ठूलै उपलब्धि हासिल गरेको अनुभव गरेको बताए ।

‘नागरिकताविहीन हुनुको पीडा निकै सकस लाग्दो हुनेरैछ,’ उनले भने, ‘आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै हर्षित भएको छु ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताए ।

‘नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौँ,’ उनले भने, ‘नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ । घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। घर लिप्ने माटो खन्ने क्रममा ...
। अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र ...
। संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी बसपार्कमा बिहीबार महिला मृत अवस्थामा फेला परेकी हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ३० वर्षीय सुशिल मंग्रान्ती मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामासँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ । बैठकको पूर्वसन्ध्यामा बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृतका प्रस्ताव पेश हुने बताएका हुन् । ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । ...
। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरस्थित नालीमा अन्दाजी ७० वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन । उनको शव बुधबार नालीमा फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम