मुख्य समाचार
कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ
कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ

। नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो उल्लेख गरेका हुन् ।

दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर सरकारको प्रस्तुति रह्यो- औसत । यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन सकेन ।’

उनले कांग्रेस-एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नु पनि चुनावमा पराजय हुनुको कारण मानेका छन् ।

‘दुई दलवको सरकार बन्दा ७ बुँदे सम्भौता उल्लेख थियो- संविधान समयानुकूल संशोधनको विषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिन ढिलाइ रहिरह्यो । विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनुपर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने । यी बसले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो,’ प्रतिवेदनमा उनले उल्लेख गरेका छन्, ‘बजेट निर्माण गर्दा अर्घेल्याइँ भएको भन्दै चर्को असन्तुष्टि संसद्‌मै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।’

उनले चुनावमा पराजित हुनुमा अर्को कारण सामाजिक सञ्जालको विषय पनि उल्लेख गरेका छन् ।

‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गठबन्धनको सहमति बेगर आयोग । गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने कर्ममा हात हाल्ने गतिविधिले दुष्परिणाम जन्माउने हेक्का राखिएन । फलत: त्यसले जेनजी विद्रोहका लागि जमिन तयार गर्‍यो । अनि अहिलेको पराजयको लागि वातावरण ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् । कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै ...
। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् । दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन ...
। कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो । फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि ...
। महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् । शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश ...
। प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम आएकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन् । त्यस क्रममा उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफ्नो नितान्त यो धार्मिक यात्रा रहेको बताइन् । प्रधानमन्त्री कार्की देशका विभिन्न जिल्लामा भ्रमण गरिरहेकी छिन् । उनी हिजोमात्रै कर्णालीका विभिन्न जिल्ला पुगेर चुनाव सम्मन्न गराएकोमा धन्यवाद ज्ञापन गरेकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम