। जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थप एक जना कैदी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बुधबार काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, तनहुँको देवघाट गाउँपालिका–१ क ५६ वर्षीय विष्णु बहादुर गुरुङ पक्राउ परेका हुन् ।
उनी अवैध रुपमा ‘बाघको छाला बिक्री व्यवसाय’ गरेको मुद्दामा पक्राउ परेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला अनुसार उनलाई १५ वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो ।
उनी भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए ।
उनी लुकिछिपी रहेको अवस्थामा काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीबाट बुधबार पक्राउ गरी सुन्धारा कारागार पठाइएको सीआईबीले जनाएको छ ।